मौजुदा एनआरएनए जापानमा कोषको सहि व्यवस्थापन र चुस्त दुरुस्त लेखाअभिलेख राखी उकृष्टता प्रदर्शन गरेका वर्तमान कोषाध्यक्ष कृष्ण शर्मा गैरेले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनएमा सबैको अपनत्व स्वाभिमान र सम्मान पारदर्शितासंगै संस्थागत गर्दै जाने मेरो अभियान भन्ने नारालाई अघि सारेर काम गर्ने योजनासहित उपाध्यक्ष पदमा उम्मेदवारी दिएको शर्मा गैरेको भनाई छ ।
जनस्तरबाट एनआरएनए जापानको कोषका बारेमा पटक पटक गुनासो आइरहेको सन्दर्भमा आफ्नो कार्यकालमा व्यवस्थित सिस्टमको विकास गरि सहि लेखा व्यवस्थापन र कोष अभिवृद्धि गरि उचित व्यवस्थापन गरेको दाबी गर्दै उनले आगामी कार्यकालमा उपाध्यक्ष भएमा संस्थालाई संस्थागत रूपमा चल्न आवश्यक कार्य गर्ने बताए ।
डिपार्टमेंट अफ कम्प्यूटर साइन्स एण्ड इन्फोर्मेसन टेक्नोलजीमा स्नातक गरेर आफनै व्यवसाय गरि जापानको कान्साईमा रहेका शर्मा गैरे एनआरएनएको अभियानमा एक दशकदेखि निरन्तर क्रियाशील रहदै आएका छन ।
कान्साईको सदस्यबाट एनआरएनएको अभियानमा जोड़िएका शर्मा हाल सो क्षेत्रीय समितिका संयोजक समेत भैसकेका छन ।
आफ्नो योग्यता क्षमताको आधारमा एनआरएनए जापानको कोषाध्यक्ष पदमा रही संस्थाको लेखाअभिलेखलाई व्यवस्थित गरि डेटाबेसमार्फ़त राख्ने कार्यको सुरुवात गरेकोले त्यसको व्यवस्थित स्थायित्वमा सहयोग गर्नका लागि पनि उपाध्यक्षमा आफूले जित्नु पर्ने भएकोले जापानबासी एनआरएनएका पञ्जीकृत सदस्यहरूलाई मतदानको निम्ति अनुरोध गरेका छन ।