जापानको चिबा प्रान्तको चुदानुमा बस्ने कृष्ण कुमार खड्का ५ दिनदेखि सम्पर्कबिहिन

-


     जनहित न्युज    
     वैशाख १३ गते २०७९


टोकियो/ जापानको चिबा प्रान्तको चुदानुमा बस्दै आएका ३३ वर्षिय कृष्ण कुमार खड्का यहि अप्रिल २२ तारिख बिहानदेखि हराईरहेकाले उनको खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।

८ वर्षअघि जापान आएका धादिङ् बैरेनीका कृष्ण कुमार खड्का हाल जापानको एक कम्पनीमा काम गर्दै आएका थिए भने विगत २ वर्षदेखि श्रीमतीसंगै रहँदै आएको बताईएको छ । २२ तारिख बिहान संधैजसो काममा जान भनि निस्किएका कृष्ण त्यस दिन काममा पनि नगएको बुझिएको आएको नेपाल न्यूजपोष्टले आफ़्नो समाचारमा उल्लेख गरेको छ ।

बिहान ७:३० बजे घरबाट निस्किएका कृष्ण, काममा अनुपस्थित भएको भन्दै कम्पनीबाट फोन आएपछि साथी भाई तथा श्रीमतीले उनको खोजी सुरु गरेका थिए । सबै चिनजान, आफन्त तथा साथी भाईहरुसंग सोधी / खोजी गर्दा पनि पत्ता नलागेपछि श्रीमती कबिता बस्नेतले प्रहरी कहाँ पनि उजुरी दिएकी छिन् । यद्यपी आज ५ दिन बितिसक्दा पनि कहीँ कतैबाट कुनै खबर नआएपछि जापानस्थित नेपाली समुदाय माझ यसै समाचार मार्फत कृष्णको खोजीमा साथ दिन, उनकी श्रीमतीले आग्रह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?