एनआरएनए जापान कान्साइ क्षेत्रीय समितिको संयोजकमा नरबहादुर थापाको उम्मेदवारी

-


     जनहित न्युज    
     श्रावण ७ गते २०८०


नेपालीहरुमा बढ्दै गरेको सामाजिक र संस्थागत विकृति, बिसंगति, बिभाजन भएको भाईचारालाई एकताको सुत्रमा आबद्ध गर्दै संस्थामा जीवन्त खाका कोर्ने उद्देश्यका साथ एनआरएनए जापानको कान्साइ क्षेत्रीय समितिको संयोजकमा नरबहादुर थापाले उम्मेदवारी दिएका छन ।
प्रवासमा रहेका नेपालको अविभावकीय संस्था एनआरएनएमा हरेक किसिमका जातजाती, भेषभुषा, संस्कार, संस्कृति भूगोलका नेपाली समुदायको मर्म र भावना आफूले सम्बोधन गरेर जानसक्ने भएकोले कान्साइ क्षेत्रीय समितिको संयोजकमा उम्मेदवारी दिएको थापाले बताए ।
एनसीसी जापानसंगै जुलाई ३० तारिक हुने सो क्षेत्रीय समितिको आगामी कार्यकाल २०२३-२५ का लागि निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन गरिने कार्यतालिका रहेको छ ।
बागलुङको गलकोटबाट जापान आई कान्साइ क्षेत्रमा व्यावसायसंगै सामाजिक सेवाका कार्यमा सक्रिय थापा गलकोट समाज जापान र एनआरएन जापानको क्षेत्रीय समितिका विभिन्न पदमा रहेर काम गरिसकेको उनले बताए ।

परदेशमा भाइचारा र एकता स्वदेशमा लगानी र सेवा भन्ने मान्यताका साथ आफू एनआरएनए कान्साइको संयोजकमार्फत समाज सेवालाई निरन्तरता दिन चाहेकोले ३० तारिक हुने निर्वाचनमार्फत अनुमोदित गराईदिनको लागि एनआरएनए पञ्जीकृत सदस्यहरूलाई आग्रह गरेका छन ।

सामाजिक सन्जालमार्फत सार्वजनिक गरेको उम्मेदवारी घोषणा जस्ताको तस्तै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?