साना उद्योगीलाई आधुनिक औजार हस्तान्तरण

-


     नवराज परियार     
     फागुन ६ गते २०७८


घरेलु तथा साना उद्योग कार्यलयले शुक्रबार एक कार्यक्रम गरि विभिन्न उद्यम तथा व्यवसाय गर्दै आएका साना उद्योगीलाई प्रविधि हस्तान्तरण गरेको छ ।

कार्यालयको ८० प्रतिशत अनुदान र उद्यमीको २० प्रतिशत लगानीमा जिल्लाका १४ जना उद्यमीलाई शुक्रबार विभिन्न प्रविधि मैन्त्री सामाग्री हस्तान्तरण गरिएको हो।

कार्यक्रम बोल्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले उद्यमीहरुलाई आधुनिक औजार हस्तान्तरण गर्नुका साथै सम्पुर्ण व्यवसायीहरु यस्ता खालका प्रविधि सामाग्रीहरुको उचित प्रयोगमा ल्याइ गुणस्तर सामाग्रीहरु उत्पादन गरेमा आत्मनिर्भर हुने र देशको आर्थिक विकासमा सहयोग पुग्ने बताए ।

उक्त प्रविधि हस्तान्तरण कार्यक्रममा बिहुँका भिम बहादुर बिकलाई वल्डिङ मेसिन, लक्ष्मी शाक्य, प्रेम कुमारी श्रीष, पूजा नेपाली, सीता मल्ल, भूमा थापा, मने दमाई, निरश थापा पवित्रा देवी शर्मालाई जुकी मेसिन र मन बहादुर बिकलाई ग्रेण्डर मेसिन, याम प्रसाद कँडेललाई ड्रायर मेसिन, लक्ष्मण पुन, गीता कुमारी शर्मा र नारायण प्रसाद शर्मालाई डि फ्रिज हस्तान्तरण गरिएको थियोे ।

उक्त कार्यक्रम बोल्दै बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेललले गुणस्तरीय सामाग्री उत्पादन गर्नु भयो भने बजारको समस्या नहुने र आधुनिक औजारको प्रयोग गरि उद्योग व्यापारको स्तरमाथि उठाउनु पर्ने बताए ।

कार्यालयले करिब ७ लाख रुपैयाँ बराबरको अनुदानमा सामाग्री दिएको घरेलु तथा साना उद्योग विकास कार्यालयका कर्मचारी याम बहादुर थापाले बताए ।

कार्यक्रममा उद्योगी यम प्रसाद कडेल र लक्ष्मी शाक्यले मन्तव्य व्यक्त गरेका थिए कार्यक्रम कार्यलयकि प्रमुख गुमादेवी शर्माको अध्यक्षता ,साना उद्योग विकास कार्यालयका कर्मचारी याम बहादुर थापाको स्वागत र कार्यलयका अधिकृत विष्णु प्रसाद शर्माको सन्चालनमा सप्पन्न भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?