गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको समिक्षात्मक क्षेत्रीय भेला हुदै

-


     जनहित न्युज    
     पौष २८ गते २०७८


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानका बिभिन्न क्षेत्रहरूलाई समावेश गरी आगामी हालसम्मको समीक्षा र भावी योजना तर्जुमासहित राष्ट्रिय समिति र क्षेत्रीय समितिले समानवयात्मक रूपमा कार्य गर्ने खाका तयारीको लागि क्षेत्रीय भेला गर्ने भएको छ ।
जनवरी ३० तारिक जापानको चिवा केनको एक होटेलमा आयोजना हुन गैरहेको उक्त भेलामा क्षेत्रीय कार्यसमितिहरुले २०२१-२०२३ कार्यकालमा गरेको कार्यको समीक्षा र बाँकी कामहरूको योजना गराउने उद्देश्यले क्षेत्रीय भेला गर्न लागिएको संघका उपाध्यक्ष तथा क्षेत्रीय समन्वय समितिका संयोजक समेत रहेका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी गराए ।

एनआरएनए जापानको २०२१-२०२३ कार्यकालको कार्यसमितिको यो पहिलो क्षेत्रीय कार्यसमितिहरूसंग संयुक्त कार्यक्रम हो । २०२१-२०२३ कार्यकालको कार्यसमिति निर्वाचित भैसकेपछि त्यसमा देखिएको बिबादका कारण ढिला गरी कार्यसमितिको प्रवक्ता लगायत केन्द्रीय सदस्यहरू मनोनीत गरी कार्यसमितिले पूर्णता पाएसंगै उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

उक्त क्षेत्रीय भेलाले केन्द्र र क्षेत्र बिचको कार्यगतशैलीलाई एकरुपता ल्याउनका साथै भावनात्मक रूपमा निकटता बनाउनका साथै र संघ भित्र भए गरेका कामहरूको समीक्षा समेत हुने भएकोले यो भेला महत्वपूर्ण रहेको वरिष्ठ उपाध्यक्ष नवीन निउरेले बताए। एनआरएनए जापानको आयोजनामा हुने सो भेला जापानको चिवा प्रान्तको इचिकावा ग्रान्ड होटेलमा आयोजना हुन लागेको हो ।
भेलाले केन्द्र देखि क्षेत्रसम्मको संघको आर्थिक गतिविधि, भाबी रणनीति, संघको योजना तय गरिने जनाएको छ । कार्यक्रम जनवरी ३० तारिक दिनको १२ः०० बजेदेखि बेलुकि १७ः०० बजेसम्म चिवाको ईचिकावा ग्रान्ड होटेलमा हुने भएकोले सहभागी क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले समयमा नै सहभागीहरूको संख्या र नामावली क्षेत्रीय समन्वय समिति संयोजक तथा उपाध्यक्ष श्रेष्ठ, उपाध्यक्ष राजकुमार अधिकारी र सह-कोषाध्यक्ष दिपक सुनारलाई सम्पर्कको लागि फ़ोकल प्रसन तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?