म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानद्वारा आयोजित जेआरएफ मोना गोल्डकप फुटसल प्रतियोगिता २०२२ को उपाधी एनआरएनए चिवा क्षेत्रीय समितिले उचाल्यो

-


     जनहित न्युज    
     पौष २७ गते २०७८


म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले नया वर्ष २०२२ को अवसरमा आइतबार टोकियोको साइतामामा सम्पन्न गरेको जेआरएफ मोना गोल्डकप फुटसल प्रतियोगिता २०२२ को उपाधी एनआरएनए चिवा क्षेत्रीय समितिले उचाल्दै ३ लाख ५० हजार नगदसहित मेडल प्रमाण पत्र जित्न सफल भएको छ ।
३० टिमको सहभागिता रहेको सो प्रतियोगिताको उप विजेताको उपाधी भने गोरखनाथ नुमाजु सिजुओकाले प्राप्त गर्दै १ लाख ७० हजार नगदसहित प्रमाण पत्र पाएको कार्यक्रम संयोजक सागर कार्कीले जानकारी दिए ।

मोना अन्तराष्ट्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष ददिवल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगितामा एनआरएनए जापान क्षेत्रीय समिति चिवाका रितन श्रेष्ठलाई उत्कृष्ट खेलाडी,एनआरएनए चिवाकै सियोइन श्रेष्ठलाई उत्कृष्ट गोलरक्षक, गोरखनाथ नुमाजु सिजुओका रविजन शाहीलाई उत्कृष्ट डिफ़ेण्डर र गोरखनाथ नुमाजु सिजुओका कै सुजन लामालाई हाइएस्ट स्कोररको रूपमा घोषणा गर्दै ५ हजारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा JRF जापानका अध्यक्ष सन्नी हसन एनआरएनए जापानका अध्यक्ष शिबप्रसाद पौडेल मोना अन्तराष्ट्रिय कार्यसमितिका कोषाध्यक्ष महेन्द्र खडका, मोना अन्तराष्ट्रिय कार्यसमितिका बिधान समिती सयोंजक तिलक मल्ल मोना अन्तराष्ट्रिय कार्यसमितिका एसिया प्यासपिक संयोजक दीपक कार्की,एनआरएनए जापानका प्रवक्ता सुभाश लामिछाने, एनआरएनए जापानका विभिन्न क्षेत्रीय समितिका संयोजक, NJFA जापानका अध्यक्ष बसन्त गौचन मोना जापानका सल्लाहकार राम खडका, प्रेम पुन, प्रितम राज पुन लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?