व्यस्त शहरमा काँध थाप्ने पौरखीका कथा

-


     शर्मिला बस्नेत    
     जेठ २७ गते २०८०


कस्तो भाग्यमानी है तपाई, डिपेंडेण्ट भिसामा आएर यत्ती छीट्टै काम सुरु गर्नु भो ।
मैले मुसुक्क हास्दै भने कहाँ छिट्टै हुनु उमेरले त डाडै काटिसकेको छ नी । म त २६ हो अनि उनी २४ अनि तपाईं नी? उनको प्रश्नमा मैले भने २८ वर्ष ।
ए हो है ? बैनी भन्थे,म त दिदी भन्नू नी आउदैन की के हो, अब हामी साथी साथी भनौ है ?

हस ।
यो क्याप्टेन त कस्तो घोसे छ भन्या आफ्नो कम्पनीबाट आएका हरुलाई मात्रै काम दिन्छ । हामीलाई त काम नै दिदैन भन्या । यो महिना झन हाम्रो सिफ्ट घटाई दिएछ भन्या ।
कुराकानी पछि हामी आफ्नो आफ्नो ब्याग भिरेर काम तिर लाग्यौं ।

(यो थियो कामको समयमा गरिएको थोरै कुराकानीको अंश)

सपनाको यो सुन्दर सहरमा हरेकले आ–आफनै कर्मको लागि कहिल्यै नथाक्ने बलिया काधहरु लिएर बिहानी उदाउँदै गरेको घामको झुल्कोसँगै डेराबाट निस्किएपछि साँझको घाम भन्दापनि घण्टौ पछि मध्यरातसम्म थकित शरीर लिएर बासस्थान फर्कन्छन् ।
हरेक व्यक्ति पिच्छे कथा व्यथा बेग्ला बेग्लै छन । अरुको व्यथा सुनेर कठै भन्छन्, आफना ब्यथा सम्झेर पर्दा पछाडि रुनेहरु धेरै छन् । यो बिरानो शहरमा अर्कालाई कथा व्यथा सुनाएर न सुनिदिने भेटिन्छन्, न भेटेकाले पनि अर्काको पिर व्यथा सुनिदिन्छन् । सुनिहाले पनि उनीहरु कठोर बनिसकेका छन् त्यसैले उनीहरुको मुखबाट कठैबरा भनेर सहयोग गरिदिने अबस्था छैन ।आफ्नै काममा दौडन पनि नभ्याउनेले नेपालमा जस्तै अडिएर साथ र सहयोग दिने भेट्न खोज्नुपनि मुर्खता हुन्छ । बरु यो सहरको कठघरामा दुःखमा पनि हाँसीहाँसी बाँधिनुपर्छ, सम्हालिनु पर्छ ।

नेपालका हरेक युवालाई सोध्दा विदेश जाने प्रोसेसमा छु, तयारीमा छु र विदेश जाने मनसाय बनाएको छु भन्ने उत्तर आउने गर्छ । पेपर बनाउँदै गरेको धेरै भेटिन्छन् । यता प्रयास गर्दा बिग्रियो, कसले पैसा खाइदियो, काम बनेन, फेरी पनि ट्राइ गर्दैछु यी कुरा सामान्य हुन् ।

अहिलेको परिवेशमा विद्यार्थी भिसा, कुक भिसा, डिपेन्डेन्ट भिसा लगायतमा अन्य भिसामा जापान आउने जो कोहीलाई न काम सजिलो छ, न कमाइ गर्न सहज छ । बरु आर्थिक अभाव छल्नका लागि लाखौ लाख मूल्य तिरेर विदेशिएकाहरु विदेशको समस्या देखेर पनि वाक्व दिक्क छन् । घुँडा घोटेर पसिना बगाउँदा पनि महंगी र करले चुर्लुम्म पारिदिएको देखिन्छ ।
प्रशस्त काम पाइन्छ भन्ने हल्ला हुने बिदेशका व्यस्त सहरमा पनि आजकल सोचेजस्तो र सहज रूपमा काम नै पाइदैन । पाएको काम पनि भनेसोचे जस्तो हुँदैन । काम अनुसारको पारिश्रमिक र तलब नपाउने समस्या अब नेपालमा मात्र हैन, बिदेशमा पनि शुरु भैसकेको छ। जहाँपनि विचौलियाकै हावी हुन थालेको देखिन्छ । विश्वका ठुला ठुला सहरहरुमा पनि यो समस्या उस्तै छ । तर अधिकांशले बोल्न पनि सक्दैनन् । आफ्नो समस्या कसैलाई खोल्न पनि सकेका छैनन् ।

नेपालका हरेक युवालाई सोध्दा विदेश जाने प्रोसेसमा छु, तयारीमा छु र विदेश जाने मनसाय बनाएको छु भन्ने उत्तर आउने गर्छ । पेपर बनाउँदै गरेको धेरै भेटिन्छन् । यता प्रयास गर्दा बिग्रियो, कसले पैसा खाइदियो, काम बनेन, फेरी पनि ट्राइ गर्दैछु यी कुरा सामान्य हुन् । किसानले आफ्नो छोराछोरी स्वदेशमा अड्याउन सकेका छैनन् । न व्यपारी र शिक्षक तथा नेताले पनि आफ्ना छोराछोरी बिदेश पठाउन रोकिरहेका छन् । देश बनाउने नारा दिनेहरुले पनि बिदेशमा छोराछोरी पठाएर ढुक्क हुन खोजेका छन् । तर बिदेशको दुःख, सास्ती र झन्झट बुझ्ने प्रयास गरेका छैनन् ।

नेपाल सरकारले प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जान चाहनेको लागि भाषा र सीप विकास तालिम जस्ता धेरै कुराहरुको लागि खर्चने लाखौं बजेटले खै विदेशीनेहरुलाई कत्तीको प्रभाब पारेको छ कुन्नी? विश्वको जुनसुकै देशमा जानको लागि भाषा र सीपले एक मजबुत हतियार काम गर्दछ!

नेपाल मात्र नभइ विश्वभर आर्थिक मन्दीले पारेको नकारात्मक प्रभावका बारेमा पनि चासो राखेको पाइएको छैन । बिदेश पुगेपछि फड्को मारिन्छ भन्ने सोचबाट पनि धेरैलाई बिदेशमै जानुपर्छ भन्ने सोच ल्याइदिएको छ । त्यसो त नेपालीहरुको मात्रै यो अबस्था होइन, जापानका विभिन्न सहरमा भेटिने श्रीलंका, बंगलादेश, भियतनाम, बेल्जियम, फिलिपिन्स लगायतका भीन्न देशका नागरिकको अबस्था पनि उस्तै छ । संसारका मानिसको सपना बनेको जपान समेत अब आर्थिक रुपमा सोचेजस्तो नरहेको महसुस भैरहेको छ ।
जापानको भाषा, परिवेश, संस्कार, अनुशासन र विकास देखेर धेरैले आर्थिक अभाव छल्ने, परिवारको बलियो खम्बा बन्न सकौं भन्नेहरु धेरै भेटिन्छन् ।जब जापान आइपुग्छन् अनि यहाँको पनि समस्या बुझ्छन् । विदेश गएपछि पैसा नै फल्छ र ? भन्ने सोच पाल्नेले पनि यहाँ आइसकेपछि मात्रै बुझ्ने मौका पाएका छन् । कतिले विदेशमा पैसा आउने बाटा सहज छन भनेता पनि विदेश आएपछि गर्नुपर्ने मेहेनत र समस्या परेपछि मात्र बुझ्न सकिन्छ ।
नेपाल सरकारले प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जान चाहनेको लागि भाषा र सीप विकास तालिम जस्ता धेरै कुराहरुको लागि खर्चने लाखौं बजेटले खै विदेशीनेहरुलाई कत्तीको प्रभाब पारेको छ कुन्नी? विश्वको जुनसुकै देशमा जानको लागि भाषा र सीपले एक मजबुत हतियार काम गर्दछ!
संसार भरको आर्थिक अभावले ल्याएको समस्या एकातर्फ छ । नेपालमा गर्न सकिने काम पनि छलेर विदेशी भूमिमा हड्डी खियाउने काम कहिलेसम्म भन्ने धेरैको मनस्थितिमा गढेको हुनुपर्छ । हाम्रो देशमा कहिले हो आर्थीक, सामाजिक,राजनैतिक, अबस्थामा सुदृढीकरण हुने ? कस्ले हो यो अबस्था परीवर्तन गर्ने ? पद र प्रतीष्ठाको मोहले दयानीय अबस्था बन्दै गरेकोले अगुवाइ गर्ने नेता र अभियान्ताको खाँचो छ । जे जस्तो परिस्थिति आओस रोकिनु हुँदैन।रोकियो की सकियो । त्यसैले कर्मको लागि न थकाइ, न निद्रा र भोक सबै सँग जुधेर अगाडि बढ्नुपर्ने छ । काम गर्दा भुलेर पनि इमान्दारिता डगमगाउने काम नगरौं । कर्मगरौ, कर्ममा सफलता छ । सफलताका लागि बाधक बनेको आर्थिक मन्दी हटाउने पनि तपाइ हाम्रै हात र पौरखले हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?