गैर-आवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खोल्ने भनिएको ७ बुँदे सहमति पत्रमा अध्यक्षका प्रत्यासी कुल आचार्यले गरेनन हस्ताक्षर

-


     जनहित न्युज    
     पौष २६ गते २०७८


लामो समयदेखि विवादमा अल्झिएको गैर-आवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलाउने उद्देश्यले गरिएको ७ बुँदे सहमतिपत्रमा अध्यक्षका प्रत्यासी तथा सल्लाहकार कुल आचार्य र उपसमिति कै सदस्य बिश्वआदर्श पण्डितले हस्ताक्षर नगरेपछि अब पनि १०औं महाधिवेशनको लागि लामो समयसम्म रहेको प्रतिनिधि विवाद साम्य पार्न संघभित्र निर्वाचन हुने कुरा अझै अनिश्चित भएको देखिएको छ ।

गैर-आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तद्वारा गठित विवाद समाधान उपसमितिले सात बुँदे सहमति गर्दै विवादलाई टुंग्गोमा पुर्‍याएको पुर्याइएको भनिएपनि प्रत्यासी आचार्यले सहमति पत्रमा हस्ताक्षर नगरेपछि त्यसको औचित्य के हुने भन्नेमा आशंका पैदा भएको छ । आचार्यको तर्फबाट समितिका सदस्य डा.यादव पण्डितले हस्ताक्षर गरेको भनिएपनि त्यसलाई मान्ने नमान्ने बारेमा सो पक्षको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

सो ७ बुँदे सहमति पत्रमा अध्यक्षका प्रत्यासी डा.बद्री केसी, रविना थापा र अर्का प्रत्यासी कुल आचार्यको तर्फबाट समितिका सदस्य डा.यादव पण्डितले हस्ताक्षर गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरूङ र एनआरएनए बेल्जियमका पूर्वसभापति गंगाधर गौतमले सहजकर्ताको रूपमा रहेर सो सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

प्राविधिक रूपमा संघका राष्ट्रिय समितिमा रहेरका पूर्वपदाधिकारीहरू, पूर्वअध्यक्षहरू, आईसीसी सदस्यहरूको नाम महाधिवेशन प्रतिनिधिमा छुटेको भए संघको विधि र विधानमा रहेर महाधिवेशन प्रतिनिधिको रूपमा समावेश गर्ने, महाधिवेशन प्रतिनिधिहरूको नाम सहमति भएर आएका देशको नामावली संघभित्र मतदाता नामावलीमा समावेश गर्ने, १५ अगष्टपछि कसैको नाम महाधिवेशन प्रतिनिधि समावेश भएको भए रद्द गर्ने, संघको निर्वाचन सम्पन्न गर्न अनुगमन तथा सुपरिवेक्षण गर्न पाँच सदस्यीय निर्वाचन अनुगमन समिति गठन गर्ने लगायतका विषयमा उक्त सहमतिपत्रमा उल्लेख गरिएको छ ।

सहमति पत्रमा विवाद मिलाउन गठित उपसमितिका पाँच सदस्यमध्ये चार जनाले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा गौरीराज जोशी, डा.यादव पण्डित, डिबी क्षेत्री र नारायण थापा रहेका छन् । सहमति अनुरूप संघको निर्वाचन ८ र ९ फेब्रूअरी कार्यतालिका तय भएको छ ।

संघको गत अक्टोबरमा हुने भनिएको निर्वाचन मन्त्रालयको देखिएका विवादको समाधान र विधान अनुरूप कार्य गर्न गराउन निर्देशन दिएपछि रोकिएको थियो । पाटन उच्च अदालतले मन्त्रालयको निर्देशन नगराउन आदेश गरिदिए पछि संघको निर्वाचन प्रक्रियाअघि बढेको थियो । संघको नयाँ नेतृत्वको लागि संघका सल्लाहकार कुल आचार्य, उपाध्यक्षद्वय डा.केसी, रविना थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

संघको केन्द्रीय सदस्यहरूको निर्वाचन राष्ट्रिय समितिमार्फत यसअघिनै सम्पन्न भए पनि क्षेत्रीय पदाधिकारीसहित ५१ पदको लागि निर्वाचन हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?