
जापानिज भाषाको अध्ययनका लागि विद्यार्थी भिषामा तीन वर्षअघि जापानको फुकुओकामा आएका एक नेपाली विद्यार्थीको बिहिबार आफनै कोठामा शंकास्पद मृत्यु भएको छ ।
नेपाल गोरखा घर भएका बर्सिला थरका ती नेपाली विद्यार्थीको शंकास्पद मृत्यु भएको भन्दै जापान प्रहरीले संगै बस्ने दुईजना नेपालीलाई पनि पक्राउ गरेर अनुसन्धनका गरिरहेको नेपाली राजदूतबास टोकियोले जानकारी दिएको निष्पक्ष अनलाइनले आफ़नो समाचारमा जनाएको छ ।
बिहिबार राती तीन जना संगै बसेको र मध्यरातमा झै झगड़ा भई हातपात हुदा निजको मृत्यु भएको हुनसक्ने आशंकामा जापान प्रहरीले ढकाल र मगर थरका नेपाली युवा पक्राउ गरेको बताईएको छ ।
पोष्टमार्टम परीक्षणको लागि शवलाई लगिएको र हाल मृत्यको स्पष्ट कारण नखुलेकाले पोष्टमार्टमको रिपोर्ट पश्चात् मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ । मृत्युको बारेमा नेपालमा रहेको परिवारलाई जानकारी गराईको मृतक बर्सिला अध्ययन गर्ने विद्यालयले जानकारी दिएको छ ।



