विशुद्व नेपालीहरूकाे मात्र सहयोगमा संचालन भइरहेको मानव सेवा आश्रम काेराेना भाइरस काेभिड लाई लक्षित गरि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएपछि आश्रममा सहयोग आउने क्रम घटेर गएको छ ।आश्रम यतिबेला सहयोगी मनका धनी ब्यक्तिहरू निषेधाज्ञाकाे कारण हिडदुल गर्न नपाएपछि आश्रम संचालन गर्न हम्मेहम्मे परिरहेको छ ।
छाेरा छाेरीकाे जन्मदिन बाबा आमाकाे स्मृतिमा गरिने सहयोग बाट संचालन हुदै बागलुङकाे मानव सेवा आश्रममा सरकारले लगाएको निषेधाज्ञाकाे कारण प्रभावित बन्दै गइरहेको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ३ मा अवस्थित मानव सेवा आश्रम विशुद्ध रूपमा नेपाली सहयोग दाताको सहयोग संचालन हुदै आएकोमा बैशाखकाे दाेस्राे सातादेखि काेराेना भाइरस काेभिड १९ काे नयाँ भेरिएन्ट समुदायस्तरमा फैलिएको भन्दै निषेधाज्ञा जारी गरेपछि सहयोग आउने क्रम घटेर गएको छ ।
करिब ५५ जना महिला बालबालिका अपांग अशक्त वयोवृद्ध मानसिकता समस्या ठिक नभएका ब्यक्तिहरूकाे आश्रय स्थलको रूपमा रहेको आश्रम संचालन गर्न आर्थिक रूपमा कठिन हुदै जान थालेको मानव सेवा आश्रमका संचालिका सुमिरा लामाले बताए ।
वैदेशिक राेजगारकाे लागि जापान काेरीया अमेरिका ,बेल्जियम ,जर्मन ,भारत ,लगायतका मुलुकमा रहेका ब्यक्तिहरूले बेलाबेलामा नगद तथा खाध्यान्न सहयोग गर्दै आएको छ ।
सहयोगी मनका धनि ब्यक्तिहरूकाे कारणले मानव सेवा अाश्रम संचालन भइरहेको छ,ठूलो हाेटल तथा रेष्टुरेन्टमा गरिने खर्च यतिबेला आश्रममा गर्ने संस्कृतिकाे बिकाश भएको कारण आफुले सहयोग गर्दै आएको स्थानीय महिला जीवन जिसीले बताए ।
मानव सेवा अाश्रममा ५५ जना महिला अपांग, जेष्ठ नागरिक, बालबालिका ,मानसिक सन्तुलन कमजोर भएका ब्यक्तिहरूले अाश्रय लिएर बसिरहेका छन् । अाश्रम लाई समाजमा रहेका संघसंस्थाकाे बार्षिक उत्सव , ब्यक्तिहरूकाे जन्मदिन ,बिवाहा ,व्रतबन्ध ,लगायतका अबसरमा दिनहुँजसो कार्यक्रम गरेर सहयोग बाट संचालन भइरहेको छ ।अाश्रमले बिदेशीकाे सहयोग नलिकन नेपालीहरूकाे मात्र सहयोग लिने गरेको छ।
काेराेना भाइरस काेभिड १९ ले जिल्लामा भएका धेरै संघसंस्थालाई अार्थिक रूपले प्रभाव पारेपनि मानव सेवा अाश्रमलाइ भने कुनै प्रभाव नपारेको बेला दैनिक रूपमा अाश्रममा भाेजन गराउन दाल चामल नुन लगायतका खाध्यान्न अभाव नभएपनि दैनिक रूपमा चाहिने बस्तुहरू खरिद गर्न आर्थिक रूपमा कठिनाइ हुदै गइरहेको छ । आश्रमलाइ नियमित मासिक रूपमा सहयोग गर्ने दाताहरूले समेत निषेधाज्ञाकाे कारण सहयोग उपलब्ध गराउन नसकेपछि आश्रमलाइ थप समस्या सृजना भएको छ ।
बाहिर काेराेनाकाे संक्रमण समुदायस्तरमा फैलिरहे पनि मानव सेवा आश्रममा भित्र बस्दै आएका ५३ जना ब्यक्तिहरूले काेराेनाकाे पहिलो र दाेस्राे चरणको खाेप लगाइ सकेको कारण सबै जना अहिलेसम्म सुरक्षित रहेका छन् ।