निवर्तमान संघीय सांसद पौडेल स्वास्थ्य सामग्रीसहित निर्वाचन क्षेत्रमा

-


     वीरबहादुर चोखाल     
     जेठ १९ गते २०७८


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का गण्डकी प्रदेश इञ्चार्ज तथा बागलुङ क्षेत्र नं.२ का निवर्तमान सांसद देवेन्द्र पौडेलले गलकोटका २ पालिका सहित निर्वाचन क्षेत्रमामा आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । 

कोभिड–१९ को महामारीको कारण अप्ठ्यारोमा रहेका आप्mनो निर्वाचन क्षेत्रका नागरिकको उपचारको लागि निवर्तमान सांसद पौडेलले गलकोट नगरपालिका अस्थायी कोभिड अस्पतालको  हरिचौरमा माक्स, स्यानिटाइजर, थर्मगन, ग्लोब्स लगायत अन्य औषधिसहित २८ प्रकारका सामग्री  अस्पतालका हस्तान्तरण गर्नुभएको हो । सामाग्री हस्तान्तरण गर्दै पौडेलले सांसद पौडेलले जनताको जीवन रक्षाका लागि आफू सधैं जनतामाझ रहेको बताउँदै आवश्यकता अनुसार थप स्वास्थ्य सामग्री लैजाने बताउनुभयो ।

पौडेले भन्नुभयो  ‘अन्य पालिकासँग छलफल एवम् आइशोलेसन निरीक्षणको काम भइरहेको छ, आवश्यकता अनुसार थप सामग्री फेरि ल्याउँछौं ।’ उक्त अवसरमा अस्पताका प्रमुख डाक्टर निक्सन डंगोलले कोरोना महामारीको समयमा संक्रमितको उपचारको लागि सहयोग गर्ने सहयोगदाताहरुको उदेश्य र मर्म अनुसार स्वास्थ्य सामाग्रीको सहि सदुपयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

उहाँले अस्पतालमा आवश्यक सामाग्रीको सहयोगले उपचारमा सहयोग पुगेको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  बागलुङका इञ्चार्ज वलावती शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश सदस्य फमलाल निउरे, गलकोट नगरपालिका कार्यपालिका सदस्य कमला ढकाल, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।

यसैगरी ताराखोला अस्थायी कोभिड अस्पतालको  अर्गलमा आज माक्स, स्यानिटाइजर, थर्मगन, गोलोब्सलगायत अन्य औषधिसहित २८ प्रकारका सामग्री अस्पतालका हस्तान्तरण गरिएको छ ।

 कोभिड–१९ को महामारीका बेला सांसद पौडेल अत्यावश्यक स्वास्थ्य सामग्री लिएर बागलुङको पश्चिम क्षेत्र पुग्नुभएको हो । उहाँल आजै तमानखोला अस्थायी कोभिड अस्पातालमा गाउँपालिका अध्यक्ष जोकलाल बुढालाई र बडिगाड अस्थायी कोभिड अस्पतालमा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा हस्तान्त्रण गर्नुभएको थियो ।

अघिल्लो हप्ता निसीखोला अस्थायी कोभिड अस्पतालमा र ढोरपाटन अस्थायी कोभिड अस्पतालमा माक्स, स्यानिटाइजर, थर्मगन, गोलोब्सलगायत अन्य औषधिसहित ३२ प्रकारका सामग्री  अस्पतालका हस्तान्तरण गरिएको पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?