
काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेध आदेश लम्बिएको छ। काठमाडौं ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज (बुधबार) बसेको बैठकले निषेध आदेश जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।
वैशाख १६ गते सुरु भएको निषेध आदेश गत जेठ १४ देखि थप कडा पारिएकोमा हाल केही खुकुलो पार्दै जेठ ३१ गतेसम्मलाई लम्ब्याइएको छ।
यसअघि खाद्यान्न पसलसमेत बन्द गरिएकोमा अब किराना, डिपार्टपेन्टल, पुस्तक पसललगायत बिहान ९ बजेसम्म खोल्न दिइने भएको छ।
थप गरिएको निषेध आदेशको अवधिमा विकास निर्माणको काम गर्न पाइने भएको छ भने निर्माण सामग्री रातिमा मात्रै ओसार्न दिइने छ।