काठमाण्डौ नारिता काठमाण्डौ उडान गर्ने नेपाल वायु सेवा निगमको योजना

-


     जनहित न्युज    
     जेठ १९ गते २०७८


जापान÷ नेपाल सरकारले अन्तराष्ट्रिय उडानलाई केहि खुकुलो पार्ने संकेत देखाएपछि नेपाल वायुसेवा निगमद्धारा नियमित काठमाण्डौ नारिता काठमाण्डौ उडान गर्ने योजना बनाएको छ ।
कोविड–१९ को कारण देखाउदै जापान सरकारले नेपाली यात्रुलाई जापानमा कडाइ गरेपछि र नेपालमा अन्तराष्ट्रिय उडानमा कडाइ गरिएपछि नेपाल वायुसेवा निगमद्धारा काठमाण्डौ नारिता काठमाण्डौ उडान रद्द गरेको थियो ।
जापानमा नेपाली समुदायको बाक्लो उपस्थिति रहेकोले चार किसिमका नेपालीहरूलाई जापान आवतजावतमा सहज तुल्याउन सो उडान गर्न लागेको इसुमेघ टुर एण्ड ट्राभल्सले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।
हालका लागि जापान आउन स्थायी आवासीय भिषा (एइज्यू),स्थायी आवासीय भिषाको जीवन साथी र तिनका परिवार , लामो समयका लागि प्रदान गरिएको भिषा (तेइज्यू)र निजको जीवन साथीको लागि अनुमति प्रदान गरिने बताईएको छ ।
जापानमा आउदा सरकारले तोकेको मापदण्ड अनुसार १० दिन क्वारेण्टिन र १४ दिनसम्म होम क्वारेण्टिनमा अनिवार्य बस्नुपर्ने छ । भने जापानबाट नेपालमा जानेले नेपाल सरकारले तोकिएको १० दिन क्वारेण्टिनमा बस्नुपर्ने छ र १० दिन पछि मात्र आफÞनो गन्तव्यमा जानुपर्ने नियम पालना गर्न अनिवार्य बनाईएको छ । त्यस्तै किरियापुत्रीको हकÞमा भने मृत्यु प्रमाणपत्र पेश गरेमा उक्त नियम पालना गर्नु नपर्ने बताईएको छ ।
जारी गरिएको सूचनामा यात्रु संख्या नपुगेमा उडान रद्द समेत हुनसक्ने जनाईएको छ ।
सरकारी अनिर्णयका कारण जुन ३ र ४ तारिकको उडान रद्द भएको छ ।
हालको लागि तोकिएका व्यक्तिलाई अनुमति दिइएपनि त्यो संख्या जापानमा निकै न्यून रहेको छ । पहिलो पटक भिषा पाएकादेखि जापान प्रवेशको स्वीकृति पत्रपछि भिषा आवेदन दिएर उडान स्वीकृतिको पर्खेको संख्या १० हजÞार बढि रहेको बताइन्छ । यसका लागि नेपाली राजदूतावासले कूटनीतिक प्रयास मार्फÞत पहल थाल्नुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?