विज्ञान प्रविधि

सिमकार्ड किन्दा बायोमेट्रिक लिने सरकारको तयारी, नागरिकको विवरण कति सुरक्षित?

सरकारले दुरुपयोग रोक्न भन्दै सिमकार्ड खरिद् गर्दा बायोमेट्रिक अर्थात् जैविक विवरण पेस गर्नुपर्ने व्यवस्था ल्याउन लागेको बताएको छ।  अधिकारीहरूका अनुसार सिमकार्डको गलत प्रयोग र त्यसबाट प्रेरित आपराधिक गतिविधि नियन्त्रण गर्ने हेतुले यस्तो योजना बनाइएको हो। गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार मन्त्रालयले राष्ट्रिय परिचयपत्रका आधारमा बायोमेट्रिक लिएर मात्र सिम दिने व्यवस्था गर्न लागिएको हो। मोबाइल फोन प्रयोगकर्ताले कहिलेकहीँ आफ्नो साटो आफ्ना परिवार, नातेदार वा अरू कसैको नामको सिमकार्ड प्रयोग गरेको पाइन्छ। सिमकार्ड फोनमा कुरा गर्न वा एसएमएस गर्न मात्र प्रयोग… पुरा पढौ

ईसेवाबाटै अब नेपाल एयरलाइन्सको इन्टरनेसनल र डोमेस्टिक टिकट काट्न सकिने

काठमाडौं । अब भुक्तानी सेवाप्रदायक ईसेवाबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को टिकट खरिद गर्न सकिने भएको छ । हालै ईसेवा वालेटमा यो सुविधा थप भएको हो । अन्य पेमेन्ट गेटवेहरूमार्फत पनि उडान टिकट खरिद गर्न मिल्ने गरी प्रक्रिया अघि बढेको निगम स्रोतले जनाएको छ । यसअघि नेपाल एयरलाइन्सको वेबसाइट र एन्ड्रोइड मोबाइल एपमार्फत टिकट काट्ने सुविधा ल्याइएको थियो ।  निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गर्दै आइरहेको छ ।… पुरा पढौ

सर्भरको समस्या समाधान भएसँगै सुरु भयो विद्युतीय राहदानीको वितरण

काठमाडौं । गत एक सातादेखि स्थगित राहदानी वितरण पुनः सुरु भएको छ । राहदानी विभागको सर्भरमा समस्या आउँदा गएको १७ गतेदेखि राहदानी वितरण रोकिएको थियो ।  सर्भरमा देखिएको समस्या समाधान भएसँगै आइतबारदेखि राहदानी वितरण सेवा नियमित भएको विभागले जनाएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै सेवा पुनः सुरु भएको जानकारी दिएको हो ।  “गत साताबाट सिस्टममा आएको सुस्तता हाल समाधान भएको छ,” विभागको सूचनामा भनिएको छ, “समस्या समाधान भएसँगै सेवा पूर्णरुपमा सञ्चालनमा आएको छ ।” यसअघि विभागको सर्भरमा समस्या… पुरा पढौ

विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनु भएको छ । प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट फर्किएका नेपालीहरूले ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो । विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले व्यापक विरोध गरेका थिए । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने… पुरा पढौ

टोकियोमा जापानी प्रविधिमा बन्ने केवल कारमा लगानीको अवसर र चुनौती’ विषयक अन्तरक्रिया हुने

जापानको टोकियोस्थित सिनओकुवोमा ‘जापानी प्रविधिमा बन्ने केवल कारमा लगानीको अवसर र चुनौती’ विषयक अन्तरक्रिया हुने भएको छ । आयोजकका अनुसार अन्तरक्रिया कार्यक्रम गजेबो होटलमा आज साँझ ६ बजेदेखि शुरु हुने भएको हो । सो कार्यक्रममाका लागी जापानी प्रविधिमा हालै सम्पन्न भएको नेपालको पोखरा सराङकोट केवल कारका सञ्चालक समितिका अध्यक्ष कालु गुरुङ र मुख्य लगानीकर्ता रामेश्वर थापालगायतको टोली टोकियो पुगेको छ । टोली निप्पोन केबलकारको विशेष निमन्त्रणामा आज जापान आइपुगेको हो । उनीहरूलाई अन्नपूर्ण केबलकार जापानका प्रतिनिधि तथा एनआरएनए जापानका सल्लाहकार… पुरा पढौ

आईफोन प्रयोगकर्ताका लागि खुशीको खबर, अब युएसबी टाइप-सी चार्जिङ पोर्ट आउने 

एप्पल प्रयोगकर्ताका लागि ठूलो खबर आएको छ । अब कम्पनीले आफ्ना उत्पादनहरूमा युएसबी टाइप-सी चार्जिङ पोर्ट उपलब्ध गराउने सहमति गरेको छ । यो जानकारी एप्पलका मार्केटिङ प्रमुख ग्रेग जोसविकले दिएका छन् । एप्पल युरोपियन युनियन (इयु) को विश्वव्यापी चार्जर नियम लागू गरेपछि मात्र आफ्नो उपकरणहरूमा एकल चार्जिङ पोर्ट थप्न सहमत भएको छ। इयुले ३ हप्ता पहिले विश्वव्यापी चार्जर नियम लागू गर्यो इयु संसदले ३ हप्ताअघि युनिभर्सल चार्जर नियम लागू गरेको थियो। यस नियम अन्तर्गत इय ले सबै इलेक्ट्रोनिक्स कम्पनीहरूलाई २०२४… पुरा पढौ

दुर्घटना घटाउन जापानमा कृत्रिम आँखासहितको सेल्फ ड्राइभिङ कार

जापानमा कारहरूमा पूर्ण रूपमा नयाँ प्रयोग भइरहेको छ । सडक दुर्घटना रोक्न गाडीको अगाडि ठूला आँखा जडान गरिने भएको छ । यी कृत्रिम आँखाहरू जापानको सेल्फ ड्राइभिङ कारमा जडान गरिने छ, जसले बायाँ र दायाँ घुमाउन सक्छ । यी गाडीहरु सडकमा गुड्दा पैदलयात्रुहरुलाई देखेर सचेत बनाइने छ, जसले पैदलयात्रुसँग हुने सडक दुर्घटनामा कमी आउने बताइएको छ । तैपनि गाडीको अगाडि मान्छे आयो भने यो गाडी आफै रोकिन्छ । जापानले सडक दुर्घटना रोक्न पूर्णतया नयाँ प्रविधिमा काम गरिरहेको छ । रिपोर्टका… पुरा पढौ

आज ग्रस्तास्त खण्डग्रास : ग्रहणले दिउँसो ४ः५२ बजे स्पर्श गर्ने

कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास ९थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने० सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ स् २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उहाँले सुनाउनुभयो । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी करिब ६ः४५ बजे छोड्नेछ । शास्त्रीय मान्यताअनुसार सोमबार राति ४ः५२ बजेदेखि बाल, वृद्ध… पुरा पढौ

जापानका अनुसन्धानकर्तालाई ठूलो सफलता, शरिर बाहिर कृत्रिम कपाल बनाउन सफल

योकोहामा नेसनल युनिभर्सिटीको एक अनुसन्धान समूहले एलोपेसिया र यस्तै प्रकारको उपचारका लागि कृत्रिम रूपमा शरीर बाहिर कपाल बनाउन सकिने मुसामा प्रयोग गर्न सफल भएको घोषणा गरेको छ। योकोहामा नेसनल युनिभर्सिटीका प्रोफेसर जुन्जी फुकुदाको नेतृत्वमा रहेको एउटा समूहले लामो समयको अनुसन्धानपछि हालै मुसामा गरिएको परिक्षण पूर्णरूपमा सफल भएको अनुसन्धान सम्बन्धी जानकारी दिने अमेरिकी विज्ञानपत्रिका ‘साइन्स एडभान्सेस’ मा प्रकाशित गर्दै सो कार्य गर्न सफल भएको जानकारी गराएको हो ।“यो पहिलो पटक हो कि हामीले लगभग १०० प्रतिशत शुद्धताका साथ कपालको फोलिकल सहित… पुरा पढौ

अप्पर कर्णाली हाइड्रो पावरबारे मन्त्री भुसालद्वारा संसदलाई जानकारी 

काठमाडौँ २२ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगानी बोर्डको सिफारिसमा मन्त्रीपरिषद्ले जिएमआर अप्पर कर्णाली हाइड्रो पावर लिमिटेडको वित्तीय व्यवस्थापनसम्बन्धी म्याद थप्ने निर्णय गरेको संसदलाई जानकारी गराउनुभएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले वित्तीय व्यवस्थापनको म्याद दुई वर्ष थप गर्ने निर्णय गरेको उहाँले स्पष्ट पार्नुभएको हो । माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन र जलविद्युत आयोजनामा राष्ट्रिय हितको संरक्षणसम्बन्धी सांसदले गर्नुभएको ध्यानाकर्षणका सम्बन्धमा मन्त्री भुसालले भन्नुभयो, “पारदर्शीरुपमा इच्छुक÷स्वदेशी लगानीकर्तालाई समान रुपमा प्रतिस्पर्धा गर्ने मौका दिएको… पुरा पढौ