विज्ञान प्रविधि

जापानमा पहिलो पटक ‘वेब स्किमिङ’ क्रेडिट कार्डको जानकारी चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ

सम्भवतः जापानमा पहिलो पटक क्योतो प्रिफेक्चरल प्रहरीले भर्खरै २० वर्षका एक व्यक्तिलाई "वेब स्किमिङ" अर्थात्आ फ्ना ग्राहकहरूबाट क्रेडिट कार्ड जानकारी चोर्न सपिङ वेबसाइटहरूमा मालिसियस कोड स्थापना गरेको आशंकामा पक्राउ गरेको छ ।अनाधिकृत आदेशहरू भएको इलेक्ट्रोनिक रेकर्ड प्रयोग गरी किस्ता बिक्री ऐन उल्लङ्घन गरेको आरोपमा प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो।अनुसन्धानमा सहभागी प्रहरी अधिकारीका अनुसार व्यक्तिले कन्सर्ट टिकटहरू बेच्ने साइटमा ह्याक गरी २०२२ मा व्यापारिक सामानहरू राखेका थिए र धेरै ग्राहकहरूको क्रेडिट कार्डको जानकारी निकाल्ने प्रोग्राम स्थापना गरेका थिए। प्रिफेक्चरल प्रहरीले… पुरा पढौ

टिकटक बन्द गर्ने सरकारको निर्णय

सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खल्बल्याउने गरी टिकटकबाट लगातार प्रचारप्रसार भइरहेका छन्, यसलाई नियन्त्रण गर्न तत्कालका लागि ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको हो ।’ उनले टिकटकले सामाजिक सद‍्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने… पुरा पढौ

दक्षिण कोरियामा रोबोटले गर्‍यो एक जनाको हत्या

दक्षिण कोरियामा रोबोटले एक जना व्यक्तिको हत्या गरेको छ । खाने कुराका बाकस सम्बन्धी काम गर्ने रोबोटले ती व्यक्तिलाई छुट्याउन नसकेर हिर्काउँदा मृत्यु हुन पुगेको रिपोर्टमा उल्लेख छ । एक रोबोटिक कम्पनीका ४० वर्षीय कर्मचारीले रोबोट परीक्षण गर्ने क्रममा उक्त घटना घट्न पुगेको हो । रोबोटिक अङ्गले झुक्किएर ती व्यक्तिलाई तरकारीका बाकस ठानेपछि समातेर कन्भेयर बेल्टमाथि धकेलेको र उनको अनुहार र छाती ठोक्किन पुगेको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ । घटना लगत्तै अस्पताल लगिए पनि केही बेरपछि उनको… पुरा पढौ

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको दायित्व(सञ्चालनसम्बन्धी निर्देशिका २०८० सहित)

सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले आफै उपस्थित भई सूचना तथा सञ्चार मन्त्रालयमा सूचिकरण गर्नुपर्ने भएको छ। आज बसेको मन्त्रीपरिषदको बैठकले सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले जुनसुकै बखत बन्द गर्न सक्ने व्यवस्था गरेको छ। सामाजिक सञ्जाल सञ्चालन गर्दा फेक आइडीहरु सञ्जाल गर्न नपाईने भएको छ।   यस्तो छ पूर्णपाठ: सञ्चालनसम्बन्धी निर्देशिका २०८० का मुख्य विशेषता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकको दायित्व –सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति वा संस्थाले यस निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्नेछ।   –निर्देशिका जारी… पुरा पढौ

‘अवाञ्छित गतिविधि रोक्न’ टिकटक र नेपाल सरकार सहमत, त्यसको अर्थ के?

नेपाल सरकारले टिकटकबाट हुने ‘अवाञ्छित गतिविधि रोक्न’ उक्त सामाजिक सञ्जालको सञ्चालक कम्पनीका प्रतिनिधिहरूसँग छलफल र सहमति गरेको जनाएको छ।  त्यसले टिकटकबाट हुने ‘गलत कार्य तथा सामाजिक सद्भाव भड्काउने गतिविधि’ नियन्त्रणमा सहयोग पुग्ने अधिकारीहरूले बताएका छन्।  तर अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले सरकारले “सरोकारवालासँग छलफल नगरी उक्त कार्य अघि बढाएको” भन्दै आपत्ति जनाएका छन्। उनीहरूले सरकारले ‘अपराध रोक्ने बहानामा नागरिकको आलोचना गर्न पाउने अधिकार कुण्ठित गर्न सक्ने’ आशङ्का पनि गरे। टिकटक नेपालमा अत्यधिक प्रयोग हुने सामाजिक सञ्जालमध्येमा पर्छ।  चिनियाँ लगानीको उक्त एपले प्रयोगकर्ताका गोप्य… पुरा पढौ

एमडीएमएसमा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल अबको १५ दिनपछि नचल्ने भएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले शनिबार एक सूचना प्रकाशित गर्दै एमडीएमएसमा दर्ता नभएका फोनमा दूरसञ्चार सेवा अवरुद्ध हुने जानकारी दिएको हो । यसअघि पनि प्राधिकरणले पटक पटक एमडीएमस लागू गर्ने सम्बन्धमा म्याद थप गरेपनि पूर्ण रूपमा यो प्रणाली कार्यान्वयन हुन सकेको थिएन । सरकारले आर्थिक विधेयक मार्फत शुल्क निर्धारण गर्दै करिब ५० लाखको सङ्ख्यामा रहेका मोबाइल फोन दर्ताका लागि व्यवस्था गरेको थियो । यसअन्तर्गत आईफोन र… पुरा पढौ

ईसेवाले अब क्यूआर कोडसँगै साउण्ड बक्स उपलब्ध गराउने

नेपालको प्रमुख डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले अब क्यूआर कोडसँगै साउण्ड बक्स समेत उपलब्ध गराउने भएको छ । वालेटबाट रकम काटिंदा भुक्तानी सफल भए नभएको थाहा पाउन समस्या हुने भएपछि कम्पनीले साउण्ड बक्स समेत उपलब्ध गराउने भएको हो ।  कम्पनीका अनुसार साउण्ड बक्सका लागि नेपालकै अर्को प्रविधि कम्पनी यार्सा टेकसँग सहकार्य गरिएको छ । यार्साले बनाएका साउण्ड बक्सको अग्र भागमा क्यूआर कोड राखिनेछ ।  https://x.com/subashsharma/status/1706233374929502553?s=46&t=lz7FRpnh6-u1FDF2L-TaNQ फोनपे तथा ईसेवा समेतको माउ कम्पनी एफवन सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ)… पुरा पढौ

इन्टरनेट र सामाजिक सञ्जालबाट भ्रामक जानकारी दिए कारवाही

सरकारले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्नेलाई नियन्त्रण गर्ने भएको छ ।नयाँ राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गर्दै सरकारले इन्टरनेटको प्रयोगमा संवेदनशील हुन आग्रहसहित इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगमा भ्रामक जानकारी सम्प्रेषणलाई नियन्त्रण गर्ने नीति लिएको हो । इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने कार्यलाई नियन्त्रण गरिनेछ’ नीतिमा उल्लेख छ, ‘महिला, बालबालिका वा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिका विरुद्ध लक्षित अनलाइन सेवाहरूलाई निषेध गरिनेछ ।’ इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगमार्फत हुने… पुरा पढौ

जापान पुगेकी प्रेमिकाले समय नदिँदा मलेसियामा रहेका प्रेमीलाई तनाव भएपछि…

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका म्याग्दीको मंगला गाउँपालिका– ५ सिर्कुमका २७ वर्षीय प्रकाश जैसी भन्ने प्रकाश विकलाई साइबर ब्यूरोले इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल झिकायो । ब्यूरोमा परेको जाहेरीका आधारमा ४ महिनाअगाडि इन्टरपोल नेपाल शाखामार्फत ‘रेडकर्नर नोटिस’ जारी गरी साउन १४ गते नेपाल झिकाइएको थियो । प्रहरीले उनलाई साउन १६ गते सार्वजनिक गर्‍यो । ‘उनीविरुद्ध साइबर अपराधको जाहेरी परेपछि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेर नेपाल ल्याएका हौं,’ साबइर ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले भने । विक ७… पुरा पढौ

नेपालमा सोमबारदेखि विदेशी टेलिभिजन च्यानलको प्रशारण किन हुँदैछ बन्द?

विदेशी टेलिभिजन च्यानलहरुको प्रशारण सोमबारबाट देशभर बन्द हुने भएको छ। संचार मन्त्रालयले गएको चैतमा ‘आला कार्ट’ मूल्य प्रणाली लागू गर्दै शुल्क निर्धारण गरेको थियो। आला कार्ट भन्नाले ‘पे टेलिभिजन’ सेवा हो। अर्थात नेपाली उपभोक्ताहरुले आफूलाई मनपर्ने च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउँछन् भन्ने हो। अहिले एकमुस्ट प्याकेजको पैसा तिर्दा सबै च्यानल आउने गर्छन्। च्यानल छनोट गर्ने अधिकार उपभोक्तामा थिएन। आला कार्ट लागू भएपछि भने आफूले रोजेको च्यानलको मात्रै शुल्क तिरेर हेर्न पाउने व्यवस्था सरकारले गरेको थियो। गत चैत १५ गतेको मन्त्रिस्तरीय निर्णयबाट संचार मन्त्रालयले… पुरा पढौ