स्थानीय समाचार

नेताको फेरिएको दैनिकी : ‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’

बेनी । मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गर्नुभएका उनी राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुन । पार्टी राजनीतिमा सक्रिय बन्नुपर्ने उनी अहिले भने आरनको काममा व्यस्त छन । गाउँपालिकाको केन्द्र दरबाङ बजारको भूमेथानमा जग्गा भाडामा लिएर उनले ‘दरबाङ आरन उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ । बिहानदेखि बेलुकीसम्मको अधिकांश समय विश्वकर्माले आरनमा नै बिताउछन । फलामलाई काट्ने, पगाल्ने, धार लगाउने र कृषि औजार तथा घरेलु हातहतियार बनाउने उनको दैनिकी हो । विसं… पुरा पढौ

भलिबल फाईनलको बाधक बन्यो ‘वर्षा’

शनिवार मध्यान्ह मौषमको अवस्था फेरवदल हुदै थियो । आकाशमा बादल लागिरहेको अवस्थामा छिटफुट वर्षा भैरहेको थियो । यस्तै मौषमका बिच कास्कीको पोखरा स्थित नेपाल छन्त्याल संघको प्राङ्गण निकै गर्मागर्म भैरहेको थियो । कति वेला सुनसान हुने केही मिनेटमै हुर्रे हुर्रे भन्दै ताली र बोतल बजाएको आवाज गुज्जीरहेको थियो । कुनै वेला चर्को हुर्रे र उत्साहको आवाजका विच सुनीन्थ्यो, कतै गलकोट र जिएम समाजको अंक । पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौँ बार्षिक उत्सवको अवसरमा आयोजित नदिपुर भलिबल प्रतियोगिता दर्शकको उत्साहका साथ… पुरा पढौ

लोपोन्मुख हुँदै गएको चौतारी चिन्ने, वरपिपल रोप्ने प्रतिक्षालय निर्माण गर्ने कार्य गरे गल्कोटका बुढाथोकी परिवारले

ग्रामिण क्षेत्रमा लोपोन्मुख हुँदै गएको चौतारी चिन्ने, वरपिपल रोप्ने प्रतिक्षालय निर्माण गर्ने कार्यलाई पुर्स्थापित गर्नको लागि गल्कोट नगरपालिका ८ कॅाडेवास बिर्कोटका बुढाथोकी परिवार लागि परेको छ ।स्वस्तपूर्त रूपमा सामाजिक सेवाको लागि टिकाबहादुर बुढाथोकीको परिवारले बिरकोटको लाकुरीबोटमा करिब साढे चार लाखको लगानीमा प्रतिक्षालय,पानीको धारा,चौतारो निर्माण र वरपिपल रोपण गरेका छन ।आफ्नो क्षेत्रमा समाजसेवीको पहिचान बनाएको टिकाबहादुर बुढाथोकीको परिवारले बिगतदेखि समाजमा रचनात्मक कार्यहरू आएकोमा हालै प्रतिक्षालय,पानीको धारा र चौतारो निर्माण गरेको हो । बाजे लालबहादुर बुढाथोकी,बज्यै भिमा बुढाथोकीको स्मृतिमा बाबा टिकाराम बुढाथोकी,… पुरा पढौ

ग्रामीण सडकले मध्यपहाडी लोकमार्गमा क्षति

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङमा पर्ने अधिकांश खण्ड कालोपत्रे भइसकेको छ । पूर्व मालढुङ्गादेखि पश्चि पातीहाल्नेसम्म करिब एक सय ४२ किलोमिटर मध्ये हालसम्म १४ किलोमिटर बाहेक सबै सडक कालोपत्रे भएको छ । तर कालोपत्रे भएको सडके विभिन्न स्थानमा क्षतविक्षत बनेको छ । बिना इन्जिनियरिङ निर्माण भएका ग्रामीण सडकले लोकमार्गमा ठूलो क्षति पु¥याएको छ । सकडमा क्षति पु¥याउनुका साथै सामान्य वर्षा हुँदा बित्तिकै अवरुद्धसमेत हुने गरेका छन् । सामान्य वर्षाले नै सडक अवरुद्ध हुँदा यात्रु मर्कामा पर्ने गरेका छन्… पुरा पढौ

जापानको आम्दानी बाख्रापालनमा लगानी

गलकोट- गलकोट नगरपालिका-५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त छन्। एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुगेका रमेश बस्नेत आठ वर्ष जापानमा बसे। कोराना कहरको समयमा नेपाल आएका बस्नेत पुनः जापान फर्कन चाहेनन्। कोरोना कहरमा धेरै नेपाली समस्यामा परेको सम्झदै बस्नेतले आत्मनिर्भर हुनका लागि कोरोनाले पाठ सिकाएको स्मरण गरे। बस्नेतले आठ वर्षको जापान बसाई टुंगाएर गलकोट नगरपालिका-९ गल्याङमा आधुनिक बाख्रा फर्म निर्माण गरेर बाख्रापालन गर्दै आएका छन्। बस्नेतले गल्याङमा झन्डै तीन रोपनी जग्गामा समुन्नत एग्रो फर्म स्थापना गरी बाख्रापालन गर्दै… पुरा पढौ

पत्नी वियोगसँगै आधा भएका प्रचण्ड !

काठमाडौं। राजनीतिक रूपमा शक्तिशाली भए पनि पारिवारिक मामलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुःखको विम्ब बन्न पुगेका छन्। वियोगको शृङ्खलाबद्ध पीडा सहिरहेका उनीमाथि बुधबार अर्को भयानक बज्रपात आइपर्‍यो–पत्नी वियोगको। लामो समयदेखि विभिन्न रोगसँग जुधिरहेकी श्रीमती सीता दाहालले देहत्याग गरेसँगै प्रचण्डको परिवार नै आधा हुनपुग्यो। यसअघि एक मात्र छोरा प्रकाश र छोरी ज्ञानुलाई गुमाएका दाहालले बुधबार बिहानै श्रीमती पनि गुमाए । श्रद्धाञ्जलीका लागि माओवादी मुख्यालयमा राखिएको सीताको शवअघि बाँकी दुई छोरी गंगा र रेणुको काँधमा कुम अड्याएर भक्कानिएका प्रचण्डको तस्वीरले जो–कोहीलाई भावुक बनायो।… पुरा पढौ

गाउँ रोजेका डाक्टर

बंगलादेशबाट एमबीबीएस गरेका बागलुङका राजेश आफ्नै गाउामा फर्किएर सेवा गरे । त्यसपछि काठमाडौंको वीर अस्पतालबाट एमजीडीपी गरेका उनी हाल गलकोट नगर अस्पताल प्रमुख हुन् ।  बागलुङ — सुरुको पढाइ त उनको संस्कृत हो । संस्कृत मावि बेलबगरको पढाइमा उनी अब्बल थिए । २०६० को एसएलसीपछि उनी मेडिकल क्षेत्रको पढाइमा जान चाहन्थे । संस्कृत पढे पनि अंग्रेजी भाषा राम्रो थियो । जैमिनी नगरपालिका–७ जैदीको सामान्य परिवारका राजेश पौडेलले खर्च जुटाएर डाक्टर पढ्न सक्ने अवस्था रहेन । हेल्थ असिस्टेन्ट पढे । काठमाडौंस्थित नेपाल इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्समा एचए पास गरेपछि… पुरा पढौ

कंक्रिटको सहर बन्दै अन्नको भण्डार गलकोट

२०४५ सालसम्म उत्पादितमध्ये आधाभन्दा बढी कृषि फसल निकासी गर्ने गलकोट अहिले खाद्यान्नमै परनिर्भर छ सुविधाको खोजीमा बसाइँसराइ बढ्दा उब्जाउ हुने फाँटमै धमाधम घर ठड्याउने प्रतिस्पर्धा बागलुङ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका बाबु गलकोटे राजाको दरबारमा काम गर्थे । केसी पनि बाबुसँगै दरबार जान्थे । त्यस क्रममा गलकोट फाँटमा वर्षमा ३ बाली झुलेको देखेका थिए केसीले । हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित ८२ वर्षीय केसी अहिले उक्त फाँट घरैघरले भरिन लागेकोमा चिन्तित छन् । ‘पछिल्ला ५० वर्षमा गलकोटको अन्नभण्डार मासिँदै गएको छ,’ उनले भने, ‘बेसाहा… पुरा पढौ

सात वर्षपछि टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र विवाद

काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गिएको छ । सो विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण हुन सकेको थिएन ।  छ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको थिएन । यस पटक भने कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले… पुरा पढौ

एक वर्षमा बर्दगोरिया गाउँपालिकाको खाना खर्च झण्डै ३० लाख

कैलालीको बर्दगोरिया गाउँपालिकाले एक वर्षमा खाना तथा विविधमा झण्डै ३० लाख खर्च गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा खाना तथा विविधतर्फ करिब ३० लाख खर्च गरेको महालेखापरीक्षाको वार्षिक प्रतिवेदन २०७९ मा उल्लेख छ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर, गाउँपालिकाले भने खाना तथा विविधतर्फ २९ लाख ९६ हजार ५७० रुपैयाँ खर्च गरेको हो । औचित्यविहीन खाना तथा विविधतर्फ भएको खर्चलाई नियन्त्रण गर्नु पर्ने… पुरा पढौ