स्थानीय समाचार

जापानको आम्दानी बाख्रापालनमा लगानी

गलकोट- गलकोट नगरपालिका-५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त छन्। एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुगेका रमेश बस्नेत आठ वर्ष जापानमा बसे। कोराना कहरको समयमा नेपाल आएका बस्नेत पुनः जापान फर्कन चाहेनन्। कोरोना कहरमा धेरै नेपाली समस्यामा परेको सम्झदै बस्नेतले आत्मनिर्भर हुनका लागि कोरोनाले पाठ सिकाएको स्मरण गरे। बस्नेतले आठ वर्षको जापान बसाई टुंगाएर गलकोट नगरपालिका-९ गल्याङमा आधुनिक बाख्रा फर्म निर्माण गरेर बाख्रापालन गर्दै आएका छन्। बस्नेतले गल्याङमा झन्डै तीन रोपनी जग्गामा समुन्नत एग्रो फर्म स्थापना गरी बाख्रापालन गर्दै… पुरा पढौ

पत्नी वियोगसँगै आधा भएका प्रचण्ड !

काठमाडौं। राजनीतिक रूपमा शक्तिशाली भए पनि पारिवारिक मामलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुःखको विम्ब बन्न पुगेका छन्। वियोगको शृङ्खलाबद्ध पीडा सहिरहेका उनीमाथि बुधबार अर्को भयानक बज्रपात आइपर्‍यो–पत्नी वियोगको। लामो समयदेखि विभिन्न रोगसँग जुधिरहेकी श्रीमती सीता दाहालले देहत्याग गरेसँगै प्रचण्डको परिवार नै आधा हुनपुग्यो। यसअघि एक मात्र छोरा प्रकाश र छोरी ज्ञानुलाई गुमाएका दाहालले बुधबार बिहानै श्रीमती पनि गुमाए । श्रद्धाञ्जलीका लागि माओवादी मुख्यालयमा राखिएको सीताको शवअघि बाँकी दुई छोरी गंगा र रेणुको काँधमा कुम अड्याएर भक्कानिएका प्रचण्डको तस्वीरले जो–कोहीलाई भावुक बनायो।… पुरा पढौ

गाउँ रोजेका डाक्टर

बंगलादेशबाट एमबीबीएस गरेका बागलुङका राजेश आफ्नै गाउामा फर्किएर सेवा गरे । त्यसपछि काठमाडौंको वीर अस्पतालबाट एमजीडीपी गरेका उनी हाल गलकोट नगर अस्पताल प्रमुख हुन् ।  बागलुङ — सुरुको पढाइ त उनको संस्कृत हो । संस्कृत मावि बेलबगरको पढाइमा उनी अब्बल थिए । २०६० को एसएलसीपछि उनी मेडिकल क्षेत्रको पढाइमा जान चाहन्थे । संस्कृत पढे पनि अंग्रेजी भाषा राम्रो थियो । जैमिनी नगरपालिका–७ जैदीको सामान्य परिवारका राजेश पौडेलले खर्च जुटाएर डाक्टर पढ्न सक्ने अवस्था रहेन । हेल्थ असिस्टेन्ट पढे । काठमाडौंस्थित नेपाल इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्समा एचए पास गरेपछि… पुरा पढौ

कंक्रिटको सहर बन्दै अन्नको भण्डार गलकोट

२०४५ सालसम्म उत्पादितमध्ये आधाभन्दा बढी कृषि फसल निकासी गर्ने गलकोट अहिले खाद्यान्नमै परनिर्भर छ सुविधाको खोजीमा बसाइँसराइ बढ्दा उब्जाउ हुने फाँटमै धमाधम घर ठड्याउने प्रतिस्पर्धा बागलुङ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका बाबु गलकोटे राजाको दरबारमा काम गर्थे । केसी पनि बाबुसँगै दरबार जान्थे । त्यस क्रममा गलकोट फाँटमा वर्षमा ३ बाली झुलेको देखेका थिए केसीले । हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित ८२ वर्षीय केसी अहिले उक्त फाँट घरैघरले भरिन लागेकोमा चिन्तित छन् । ‘पछिल्ला ५० वर्षमा गलकोटको अन्नभण्डार मासिँदै गएको छ,’ उनले भने, ‘बेसाहा… पुरा पढौ

सात वर्षपछि टुङ्गियो काठेखोला गाउँपालिकाको केन्द्र विवाद

काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गिएको छ । सो विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण हुन सकेको थिएन ।  छ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको थिएन । यस पटक भने कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले… पुरा पढौ

एक वर्षमा बर्दगोरिया गाउँपालिकाको खाना खर्च झण्डै ३० लाख

कैलालीको बर्दगोरिया गाउँपालिकाले एक वर्षमा खाना तथा विविधमा झण्डै ३० लाख खर्च गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा खाना तथा विविधतर्फ करिब ३० लाख खर्च गरेको महालेखापरीक्षाको वार्षिक प्रतिवेदन २०७९ मा उल्लेख छ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर, गाउँपालिकाले भने खाना तथा विविधतर्फ २९ लाख ९६ हजार ५७० रुपैयाँ खर्च गरेको हो । औचित्यविहीन खाना तथा विविधतर्फ भएको खर्चलाई नियन्त्रण गर्नु पर्ने… पुरा पढौ

लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

गल्याङ । स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल दुई वर्ष पहिले निर्माण भएको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै गर्मी बढेको छ । गर्मी छल्न भारतीय नागरिक पोखरा, कुस्मा र मुक्तिनाथ आउने गरेका छन् । भारतीय नागरिकका लागि पोखरा, कुस्मा र मुक्तिनाथ जान सिद्धार्थ राजमार्ग सबैभन्दा छोटो र सजिलो… पुरा पढौ

मादीमा एकल पुरुषलाई भत्ता, हलगोरु पाल्ने कृषकलाई अनुदान

कास्की । कास्कीको मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ । पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले अध्यक्षसँग विदुर कार्यक्रमअन्तर्गत विपन्न विदुरको सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउन कार्यविधि तर्जुमा गरी लागू गरिने बताए । यसैगरी पालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । गोरु संरक्षण गर्न हलगोरु पाल्ने किसानलाई अनुदानको व्यवस्था गरिने… पुरा पढौ

‘विकास गाउँ आयो, मान्छे बजार झरे’

काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरेकी छन्। अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ। एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको सङ्ख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दो छ। उनका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश… पुरा पढौ

पर्यटक लोभ्याउँदै गलकोट दरबार

बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक आकर्षणको केन्द्रको रुपमा रहेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको जीवित इतिहास हो गलकोट दरबार । पुरानो सदरमुकाम, गलकोट दरबार र अहिले मात्रै पर्यटकीय गन्तव्यको रुपमा थपिएको टेउवाको खुल्ला मुर्तिकला संग्रहालयका कारण अहिले हरिचौर चर्चामा रहेको छ । हरिचौर बजारको इतिहास बोकेको मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ । अहिले गलकोट दरबारमा आउने पर्यटकहरुको संख्यामा… पुरा पढौ