स्थानीय समाचार

गलकोट नगरपालिकाले सार्वजनिक स्थलमा सिसि क्यामरा सञ्चालनमा ल्यायो

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभुति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सिसि क्यामेरा सञ्चालनमा ल्याइएको बताउनु भएको छ । उहाँले प्रहरीको सिमीत स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहनुे भन्दै अपराधिक अनुसन्धानमा सहयोग पुर्याउन प्रविधिलाई प्रयोगमा ल्याईएको नगर प्रमुख गैरेले बताउनुभयो । ईलाका प्रहरी कार्यालयसँगको समन्वयमा सिसि क्यामेरा जडान गरिएको नगर प्रमुख गैरेले उल्लेख गर्नुभयो । सिसि क्यामेरा सञ्चालनमा आए सँगै नगर भित्र हुने अपराध, अनुसन्धान, चोरी, लुटपाट लगायतका अपराधिक क्रियाकलाप न्यूनिकरणमा सहयोग पुग्ने… पुरा पढौ

रोटरीद्वारा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

बुटवल, ३ फागुन । रोटरी क्लव अफ बुटवलले बुधबार ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवललाई ट्राफिक सचेतना बोर्डसँगै मास्क हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष बोनिन पियाले प्रदेश प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी प्रमुख राईले रोटरीले गर्दै आएको सामाजिक र रचनात्मक कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तर जारी राख्न आग्रह गरे । क्लवका अध्यक्ष बोनिन पियाले रोटरीले गर्दै आएका गतिविधिबारे प्रकाश पारेका थिए… पुरा पढौ

स्थानीय तहले लिने पञ्जीकरण शुल्क हटाउने सरकारको तयारी

काठमाडौँ । सरकारले स्थानीय तहले लिँदै आएको पञ्जीकरण सम्बन्धी सबै शुल्क हटाउने भएको छ । जन्म, मृत्यु, विवाह दर्तालगायतका सबै नियमित कामका लागि लिइँदै आएको शुल्क हटाउने सरकारको योजना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (सोमबार) आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सत्ता साझेदार दलका शीर्ष नेताको सहभागितामा सार्वजनिक सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा पञ्जीकरणका लागि लाग्ने सबै शुल्क हटाउने विषयलाई प्राथमिकतामा साथ समावेश गरिएको छ । सरकारले महँगी नियन्त्रण गर्ने, कालोबजारी, अखाद्य वस्तुहरूको मिसावट र वस्तु… पुरा पढौ

ढकाल गलकोट घुम्टे बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः निर्वाचित

गलकोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा प्रशान्त ढकाल पुनः निर्वाचित भएका छन् । एकका लागि सबै र सबैका लागि एक भन्ने उद्घोषका साथ २०६१ असोजबाट संचालन गरिएको गलकोट घुम्टे गलकोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औ साधारण सभा तथा छैटौं अधिवेशन आज सम्पन्न भएको छ । नेरिक एकेडेमी शंखमुल काठमाडौंमा भएको सभाको अवसरमा आगामी ४ बर्षे कार्यकालको लागि प्रशान्त ढकालको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्वाचित भएको घोषणा गरिएको थियो । सस्थाको उपाध्यक्षमा लेम बहादुर भण्डारी, सचिवमा रुक्म प्रसाद… पुरा पढौ

गलकोटमा ‘सस्तो बजार’

गलकोटमा सस्तो बजार संचालनमा आउने भएको छ । गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सवको अवसरमा सस्तो बजार संचालन गर्ने आयोजकले जनाएको छ । ड्रिम टिम गलकोटले आयोजना गरेको गलकोट महोत्सवको अवसरमा खेलकुद तथा सस्कृतिको प्रव्रर्दन संगैं सस्तो बजार संचालन गरि ब्यापारको प्रर्वदन गर्न सस्तो बजार संचालन गर्न लागिएको महोत्सवका मुल समारोह समितिका संयोजक होम थापाले जानकारी दिनुभयो । असोज २८ गते देखि गलकोटको मजुवा फाँटमा सञ्चालन हुने दोस्रो गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सवमा कला सस्कृतिको प्रर्वदन गर्ने तथा ब्यापारको प्रर्वदन गर्न… पुरा पढौ

‘हाम्रा लागि पनि सरकार रहेछ । म बसेको ठाउँको जग्गा मेरै भयो ।’

पोखरा- पोखरा १५ का शुकराम परियार आइतबार निकै खुसी थिए । एक हातमा रातो लालपुर्जा समाएर अर्को हातले पसिना पुछ्दै उनले भन्दै थिए, ‘हाम्रा लागि पनि सरकार रहेछ । म बसेको ठाउँको जग्गा मेरै भयो ।’ सेतीदोभान टोलमा बस्दै आएका उनी उमेरले ६० टेके । परियार भूमिहीन भएर बसेको आधा सतक हुन लाग्यो । विसं २०३२ सालदेखि सार्वजनिक जग्गामा बसेका उनले धेरै दु:ख पाए । आफ्नै जग्गा नहुँदा धेरै सुविधाबाट बञ्चित थिए । २०५२ सालमा सेतो पुर्जा पाए तर त्यो आफ्नै… पुरा पढौ

महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाउनुभएको छ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उहाँले सो गोप्य योजना बनाउनुभएको हो । डेढ साताअघि हेटौंडामा आयोजित दुईदिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए । आफूलाई अपमान भएको महसुस गर्दै मेयर र उपमेयर… पुरा पढौ

बागलुङका सबै पालिकाले ल्याए आव ०७९/०८० को बजेट 

बागलुङ– बागलुङका दसवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । बजेटको प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलगायत छन् । कतिपय पालिकाले उद्यमशीलताको विकास, उत्पादन र रोजगारी सिर्जनातिर बढी जोड दिएका छन् । अधिकांशले पुरानै योजनालाई निरन्तरता दिइएपनि केही नवीन र सिर्जनात्मक… पुरा पढौ

सहिद, बेपत्ता र घाइते तथा अपांगको स्मरणमा ताराखोला गाउपालिकाले युद्द स्तम्भ बनाउने 

बागलुङको ताराखोला गाउपालिकाले युद्द स्तम्भ बनाउने भएको छ । सशष्त्र द्वन्द्वको समयमा ताराखोला सबैभन्दा बढी प्रभावित र जनयुद्वको आधारभूमिको रुपमा चिनिन्छ । उक्त समयको स्मृतिका लागि स्तम्भ बनाउने तयारी भएको गाउँपालिका अध्यक्ष धनबहादुर बिक ‘हिमाल’ले बताए । सहिद, बेपत्ता र घाइते तथा अपांगको स्मरणमा युद्व स्तम्भ बनाउने भएको हो । जनयुद्ध दिबशमा सार्वजनिक बिदासमेत दिएको यो पालिकाले ‘द्वन्द्वका घाउमा मलम’ लगाउने गरी नीति तथा कार्यक्रममापनि जोडेको अध्यक्ष बिकले बताए ।बिहिबार सार्वजनिक गरिएको बजेटमा पनि गाउँपालिकाले स्तम्भ निर्माणका लागि बजेट बिनियोजन… पुरा पढौ

गलकोट नगरपालिकाले ६८ करोड ७५ लाख ३९ हजारको बजेट सार्वजनिक, विकास खर्चमा १ करोड ५ लाख

गलकोट नगरपालिकाले आगामी आर्थिक बर्षको कुल ६८ करोड ७५ लाख ३९ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।  गलकोट नगरपालिकाको ११ औँ नगर सभाको अवसरमा गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले शुक्रबार बजेट सार्वजनिक गर्नुभएको हो ।  नगरपालिकाले आन्तरिक आयतर्फ कर शुल्क तथा दस्तुर र सेवा शुल्क गरी १ करोड ९५ लाख तथा विविध आय गत वर्षको वैंक मौज्दात रु १ करोड ९ लाख गरी जम्मा रु ३ करोड ४ लाख र नगद जनसहभागिता ५ लाख अनुमान गरिएको छ । … पुरा पढौ