
शनिवार मध्यान्ह मौषमको अवस्था फेरवदल हुदै थियो । आकाशमा बादल लागिरहेको अवस्थामा छिटफुट वर्षा भैरहेको थियो । यस्तै मौषमका बिच कास्कीको पोखरा स्थित नेपाल छन्त्याल संघको प्राङ्गण निकै गर्मागर्म भैरहेको थियो ।
कति वेला सुनसान हुने केही मिनेटमै हुर्रे हुर्रे भन्दै ताली र बोतल बजाएको आवाज गुज्जीरहेको थियो । कुनै वेला चर्को हुर्रे र उत्साहको आवाजका विच सुनीन्थ्यो, कतै गलकोट र जिएम समाजको अंक ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौँ बार्षिक उत्सवको अवसरमा आयोजित नदिपुर भलिबल प्रतियोगिता दर्शकको उत्साहका साथ चलिरहेको थियो ।
कास्की जिल्ला छन्त्याल संघको प्राङ्गणमा नेपालको राष्ट्रिय खेल भलिबल फाईनल चलिरहेकोले दर्शकहरु उत्साहित थिए । फाईनलमा भलिबल खेलका प्रखर राष्ट्रिय तथा प्रादेशिक स्तरमा ख्यातीप्राप्त खेलाडिहरु खेल प्रदर्शन गरिरहेका थिए । पूरुष भलिबल प्रतियोगितामा बर्षा बाधक बनेकोले खेल स्थगित हुन पुग्यो ।
गलकोट स्पोट्स क्लब, गलकोट बागलुङ २ र जिएम समाज कावासोती नवलपुरले १ सेटमा जित निकालेपछि चौथो सेटको खेल १२–११ मा चलिरहदाँ वर्षा भएको थियो । पहिलो सेट २३–२५ को सेटमा गुमाएको गलकोटले उत्कृष्ट पुनरागमन गदैं दोस्रो र तेस्रोे सेटमा क्रमश २५–२२, २५–१८ को सेटमा पराजित गरेको थियो ।
चौथो सेटको खेल चलिरहदा वर्षाका कारण खेल रोकीएको थियो । बर्षाका कारण रोकिएको फाईनल खेल आईतबार संचालन हुने आयोजकले जनाएको छ ।बिजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपबिजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै आजै सम्पन्न महिला तर्फको फाईनल खेलमा धादिङ स्पोट्सले पुन युनाईटेडले पराजित गदैं उपाधी बिजेता बनेको छ । धादिङ स्पोट्स ले पुन युनाईटेडलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । धादिङ स्पोट्सले २५–२३, २५–१५, २५–१९ को सेटमा पराजित गरेको हो ।
स्पोट्स उपाधी बिजेता बन्दै नगद ४५ हजार प्राप्त गरेको छ भने उपबिजेता बनेको पुन युनाईटेडले नगद ३० हजार प्राप्त गरेको छ ।