निर्वाचन विशेष

आफ्नै नाम जस्तै सुन्दर बनाउन चाहन्छन चितवनको रत्ननगर -१२ लाई सुवेदी

यतिबेला स्थानिय निर्वाचनको मिति नजिकिदैं जादाँ कस्ता उमेदवार छन् र कस्को जित्ने सम्भवना वढि छ , त्यस्को लेखा जोखा पनि शुरु हुन थालेको छ। त्यसै मध्येका बलिया दाबेदार रत्ननगर नगरपालिका वर्डा नम्बर १२ का वर्डा अध्यक्षका उमेदवार सुन्दरमणि सुवेदी हुन्। उनको समाजमा सामाजिक कार्यमा कृयाशिलताका कारण धेरै संग परिचित छन्। उनी नेकपा (माओवादी केन्द्र )बाट उम्मेदवार बनेका हुन्। सानैदेखि सामाजिक कार्यमा रुचि रहेको बताउने सुन्दरमणि सुबेदी सामाजिक कार्यमा लाग्दा तलब भत्ताको आश गर्न नहुने बताउँछन् । त्यसैले आफुलाई वार्ड अध्यक्षमा… पुरा पढौ

हामीलाई यथास्थितिमै रुमल्लीन रहर र छुट दुबै छैन: प्रचण्ड

काठमाडौं, २६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्नुपर्ने बताउनुभएको छ । स्थानिय निर्वाचनको पुर्वसन्ध्यामा अध्यक्ष प्रचण्डले आम मतदातालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । प्रचण्डले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलव्धी विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका बताउँदै त्यसलार्य परास्त गरि परिवर्तनका एजेण्डा स्थापित गराउन हँसिया हतौडा चिन्हमा… पुरा पढौ

२१ वर्षे निसु विश्वकर्मा तमानखोला गाउपालिकाको नेतृत्व गर्न उपाध्यक्षमा भिड्दै, भन्छिन-“विजयी निश्चित छ”

उमेर भर्खर २० काटेर २१ मा टेक्दै गरेकी सामान्य गरिब र दलित परिवारकी युवती निसु विश्वकर्मा । बागलुङ जिल्ला तमानखोला गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी छन् ।सम्भवत उनी नै देश भरिमा रहेका पालिका मध्यकी कान्छी उम्मेदवार हुन सक्ने सम्भावना रहेको छ ।तमानखोला-२ बोंगखानीकी निसुलाई यति सानै उमेरमा गाउंपालिकाको उपाध्यक्षको लागि उम्मेदवार माओवादी केन्द्रले बनाएको हो ।६० प्रतिशत भन्दा बढि दलित समुदायको जनसंख्या रहेको यो पालिकामा शासन भने दलित समुदायले कहिल्यै गर्न पाएन ।“अहिलेसम्म राजनीतिक चेतना,शिक्षा र अन्य विभिन्न कारण राजनीतिको… पुरा पढौ

गठबन्धन संघिय निर्वाचनसम्म रहन्छ : प्रचण्ड

पोखरा,२५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले अहिलेको सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनसम्म मात्र नभएर आगामी प्रदेश र सङ्घीय निर्वाचनसम्म कायम रहने बताउनुभएको छ ।सत्तारुढ पाँच दलीय गठबन्धनले आज पोखरामा आयोजना गरेको चुनावी सभामा उहाँले गठबन्धन जन्मने दिनदेखि नै टुटाउने र यसलाई अघि बढ्न नदिने रुपमा देखा परेको बताउँदै उहाँले यसलाई निरन्तरता दिइने बताउनुभयो ।उहाँले भन्नुभयो,“राष्ट, संविघान र गणतन्त्रको रक्षाका लागि अघि बढेको गबठन्धनलाई विभाजित गर्ने षड्यन्त्र चलिरहेका छन् । गठबन्धनका शक्तिहरुले धेरै मिहिनेत र अप्ठ्यारोसँग जुधेर… पुरा पढौ

अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान उम्मेदवारलाई प्रहरीको अनुरोध

नेपाल प्रहरीले प्रसाद वा सगुन खाँदा ध्यान दिन आग्रह गरेको छ । स्थानीय तह निर्वाचनको प्रचारका लागि घरदैलोमा पुगेका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहण गर्दा बेहोस भएको तथा चक्कर लागेर लडेको घटना बाहिरिएको भन्दै प्रहरीले सुरक्षित रहन भनेको हो । स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरू प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिहरूबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव भई प्रसाद वा सगुन सेवन गरेपश्चात् कोही बेहोस… पुरा पढौ

चितवनबाट देउवालाई केपी शर्माओली प्रश्न “कांग्रेस सकिन थाल्यो, देउवा जी के हेरेर बसेको ?” –

चितवन– नेकपा एमाले अध्यक्ष केपीशर्मा ओलीले चितवन नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि नेताले पार्टी सिध्याउन लाग्दा के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेसका शीर्ष नेताले पार्टी सिध्याउन लागेको भन्दै जोगाउने जिम्मा काँधमा आएको बताए ।‘टाउकै नेताहरूले पार्टी सिध्याउन लागिसके । तपाईंहरू के हेरेर बस्नुभएको छ ?’, ओलीले प्रश्न गरे । चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरीलाई सधैँ जिताउने जिम्मा नेपाली कांग्रेसको भएको भन्दै प्रश्न गरे । ‘अस्ति मात्रै धम्की सुन्नुभयो होला… पुरा पढौ

शरीरमा ‘बुलेट’ बोकेर ब्यालेटको लडाईमा हिमाल

बागलुङको ताराखोला गाउँपालिका माओवादी युद्धको आधारभूमी हो । बागलुङ जिल्लाको माओवादी आन्दोलनमा सशक्त उपस्थिती जनाएको ताराखोला गाउँपालिकालाई माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको छ । द्वन्द्वकालिन अवस्थामा ताराखोला क्षेत्रमा २१ जनाले ज्यान गुमाए । दुई जना वेपत्ता छन । कुटाई पीटाई र यातना नभोगेको परिवारका सदस्य भेटिन कठिन छ । द्वन्द्वकालिन अवस्थामा होस या शान्ति प्रक्रिया पछिको राजनीतिक गतिविधिमा ताराखोलाको माओवादी केन्द्रको शक्ति केन्द्रको रुपमा विकास भएको छ । पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार भारी मतले विजयी… पुरा पढौ

चर्चाको शिखरमा भरतपुर महानगर, कसले मार्ला त बाजी ?

चितवन । पवित्र नारायणी नदी किनारमा अवस्थित भरतपुर सहर । नेपालका छ वटा महानगरपालिकामध्येको एक महानगरपालिका । यो महानगरपालिका भौगोलिक हिसाबले चार सय ३२ दशमलव ९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०७८ को राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या तीन लाख ६९ हजार ३७७ पुगेको छ । नेपालका छ महानगर मध्ये जनसंख्याको हिसाबले काठमाण्डौं, पोखरा पछि तेस्रो स्थानमा छ भरतपुर । नेपालको क्षेत्रफलको सुन्य दशमलब २९ प्रतिशत मात्र क्षेत्रफल र नेपालको जनसंख्याको एक दशमलब २६ प्रतिशतको हाराहारीमा जनसंख्या रहेको भरतपुर… पुरा पढौ

पाँच लाखभन्दा बढी मत बदर हुने अनुमान

०३६ यताका हरेक निर्वाचनमा औसत ७० प्रतिशत मत खस्दा ४–५ प्रतिशत बदर भएको छ, यसपटक एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन्, ६० प्रतिशत मात्र मत खसे पनि पाँच प्रतिशत बदर हुँदा पाँच लाखभन्दा बढी भोट खेर जान्छ अमूल्य मत खेर नजाओस् भनेर निर्वाचन आयोगले मतदाता शिक्षाका नाममा करोडौँ रुपैयाँ सकाउँछ । तर, हरेक निर्वाचनमा लाखौँ मत बदर हुने समस्या दोहोरिन्छ । ०३६ को जनमतसंग्रहयताका नौवटा निर्वाचनको तथ्यांक हेर्दा सरदर पाँच प्रतिशतका दरले मत बदर भएको देखिन्छ । यसपटकको… पुरा पढौ