निर्वाचन विशेष

मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारी पैसा वितरण गर्ने क्रममा पक्राउ, प्रहरी भन्छ-उहाँलाई उद्धार गरिएको हो

जनकपुरधाम- मुस्लिम आयाेगका अध्यक्ष समिम अन्सारी पक्राउ परेका छन्। मुस्लिम आयोगका अध्यक्ष मियाँ अन्सारीलाई एमालेका कार्यकर्ताले घेराउ गरेका छन्। दुई दिनअघि जनकपुर आएका अन्सारीले सीताशरण टोलका मतदातालाई प्रभावित गर्न पैसा बाँडेको भन्दै एमाले कार्यकर्ताले हुलहुज्जत गरी उनी बसेका होटेल घेराउ गरेका थिए। एमालेका उम्मेदवार शिवशंकर साहका केही समर्थकले होटेल घेराउ गरी हुलहुज्जत गरेपछि प्रहरीले अन्सारीको उद्धार गरेको छ। उनी आज जनकपुरबाट ११ बजे काठमाडौं जाने कार्यक्रम भए पनि १० बजेदेखि नै होटेल घेराउ गरेका थिए। धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक… पुरा पढौ

एकैदिन ३५ हजार २ सय २१ पदमा नेतृत्व परिवर्तन हुदै,१ लाख ४५ हजार ११ जनाले प्रतिस्पर्धा गर्दै

स्थानीय तहमा शुक्रबार एकसाथ निर्वाचन हुँदैछ। स्थानीय निर्वाचनको निम्ति ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरेर जम्मा ७५३ स्थानमा चुनाव हुन लागेको हो। स्थानीय निकायमा ७५३ मेयर तथा अध्यक्ष रहनेछन् भने ७५३ उपमेयर तथा उपाध्यक्ष रहनेछन्। स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा अध्यक्ष निर्वाचित हुनेछन। खुला सदस्यको संख्या १३ हजार ४ सय ८६ रहनेछ। महिला सदस्य र दलित महिला सदस्य ६ हजार ७ सय ४३ गरेर १३ हजार ४८६ जना रहनेछन्। यसमा जम्मा निर्वाचित हुने… पुरा पढौ

मतदातालाई रकम बाडेक़ो आरोपमा गलकोटकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा ६ घण्टासम्म प्रहरी नियन्त्रणमा

गलकोटमा स्वतन्त्र उम्मेदवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गलकोट नगरपालिकाको मेयर पदको स्वतन्त्र उम्मेदवार मञ्जु शर्मा चालिसेलाई इलाका प्रहरी कार्यालय गलकोटले नियन्त्रणमा लिएर ६ घण्टापछि छोडेको छ । गलकोट नगरपालिका वडा नम्वर ८ को बिरकोटमा टोली गलकोट नगरपालिका ८ को काडेवासमा पुगेको ईलाका प्रहरी कार्यालयका कार्यालय गलकाेटका प्रमुख प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।  उनका अनुसार गए बुधवार राती करिब ९ बजेको समयमा स्वतन्त्र उम्मेदवार मन्जु शर्मा चालिसेको नेतृत्वमा पैसा बाड्ने, भेला गर्ने तथा भोट माग्ने काम भएको सूचना… पुरा पढौ

मतगणना स्थलमा तारजाली सहित सिसि क्यामेरा जड़ान

सुरक्षित तरिकाले मतगणना गर्नका लागि बाग्लुङका मतगणना स्थलमा तयारी गरिएको छ । बाग्लुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् । बाग्लुङका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । वैशाख ३० गते हुने पालिका चुनावको मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार जिल्लाका १० वटै मतगणना स्थल मत गणनाका लागि… पुरा पढौ

यी कागज देखाए मतदाता परिचयपत्र नभएपनि मतदान गर्न पाइने 

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका सबैलाई मतदानमा सहभागी हुन दिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगले एक सूचना जारी गर्दै मतदाता परिचयपत्रको विकल्पमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था गर्न निर्देशन दिएको हो । आयोगले मतदाता परिचयपत्र नभए फोटो टाँसिएको सरकारी पहिचान खुल्ने कागजातको प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ । 'आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र… पुरा पढौ

मतदान केन्द्रभित्र मोवाइल क्यामेरा, सलाई, लाइटर, एसिड, हात हतियार, नमूना मतपत्र नलैजानू- आयोग

वैशाख ३० गते मतदानका लागि मतदान केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ । मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको… पुरा पढौ

बुटवलमा बम विस्फोटः घटनास्थल नजिकै नेकपा बहुमत पार्टीको पर्चा भेटियो 

बुटवल – बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ। मिलनचोकको आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो। घटनास्थलमा चुनाव बहिस्कार गर्ने निर्णय गरेको नेकपा बहुमत पार्टीको पर्चा भेटिएको छ। सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति भएको छैन। बम विस्फोट भएको नजिकै पर्चाहरू रहेको र अनुसन्धान भइरहेको उनले बताए। उक्त क्षेत्रमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। पुरा पढौ

६ दिनसम्म विद्यालय बन्द हुने

काठमाडौं, २८ वैशाख। स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो ।यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन… पुरा पढौ

स्थानीय तह निर्वाचन २०७९: के छ यसपालीको निर्वाचनमा सुरक्षा जोखिम?

काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारले मतदान हुुनुभन्दा केही दिनदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नुका साथै चुनावको दिन विभिन्न घेरामा खटाएको सुरक्षा संयन्त्रबीच मतदान सम्पन्न गर्ने तयारी गरेको छ। निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछन्। सरकारले यो निर्वाचनमा विगतका निर्वाचनहरुको अनुभव, विभिन्न घटना तथा मतदाताको चाप लगायतलाई हेरेर सुरक्षा व्यवस्था कडा पार्ने योजना बनाएको हो। निर्वाचनमा १ करोड ७७ लाख… पुरा पढौ

कांग्रेस गलकोटले चलायो डण्डा, ६ जना बागी उम्मेदवारको पार्टी सदस्यता खारेज

थम्मन थापा बागलुङ वैशाख २७नेपाली काँग्रेस गलकोट नगर समितीले आसन्न स्थानिय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विपरित वागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको छ ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी सम्वद्व ५ दलिय गठबन्धनले अगाडी सारेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएको भन्दै गलकोट नगर प्रमुख पदका उम्मेदवार १ जना, वडा अध्यक्ष पदका उम्मेदवार २ जना र वडा सदस्य पदका उम्मेदवार ३ जना गरि ६ जनाको पार्टी सदस्यता खारेज गरेको… पुरा पढौ