कला / साहित्य

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ । फिल्मका निर्देशक जुम्लाको तिर्खु गाँउमा छायांकन गरिएको यो फिल्मको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङगणमा वर्ल्ड प्रिमियर गर्न लागेको बताए । आइतबार हुने वर्ल्ड प्रिमियरका लागि फिल्मका लेखक विकास सुवेदीसहितको टिम शनिबार जुम्ला जाँदैछ । फिल्म हेर्न स्थानिय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न पेशा वयवसायमा आवद्ध व्यक्तिहरुका साथै सम्पूर्ण गाँउबासीलाई निम्ता दिइएको छ । जुम्लाको परिवेशमा कथा भनिएका कारण फिल्मको… पुरा पढौ

एउटा मुस्कान !

यो स्पेनको गृहयुद्ध कालको सन् १९३६ को सत्य घटना हो । एण्टोइन नामको फ्रान्सेली लेखक तथा पत्रकार स्पेनको गृहयुद्धको रिपोर्टिङ्गका लागि स्पेनमा थियो । उ अचानक इटली र जर्मनी समर्थित फासिष्ट सैनिक द्वारा पक्राउ पर्‍यो । सैनिकहरुले उसका सबै माल समान खानतलासी गरेर लगे र उसलाई सैनिक क्याम्पमा नजरबन्द गरिदिए । बाँच्ने आशा कत्ति पनि थिएन । उसको आँखा अगाडि मृत्यु नाच्न थाल्यो । मनमा चरम निराशा छायो । खल्ती छाम्दा कसो कसो एउटा चुरोट बाँकी रहेछ । तर सलाई… पुरा पढौ

कविता किताब ‘कैंची’ माथि पोर्तुगलमा परिचर्चा

कोपनहेगन कवि हरिशरण परियारको कविता संग्रह ‘कैंची’ माथी मंगलवार पोर्तुगलको लिजवनमा परिचर्चा भएको छ । प्रकाशन भएको केही समयमै राम्रो चर्चा बटुलेको कविता संग्रहमा पींधका मान्छेका कथा ब्यथाका साथै मुक्तिका आवाजहरु कवि परियारले समेटेका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, अनेसास पोर्तुगल र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको आयोजनामा परिचर्चा कार्यक्रम भएको हो । कविता कृतिलाई बेला प्रकाशनले प्रकाशित गरेको हो । ‘कैंची’माथी परिचर्चा गर्दै कवि तथा अन्तर्राष्ट्रिय नेपाली समाजका महासचिव अर्जुन श्रीले नेपाली समाजमा विभेद र उत्पीडनमा पारिएका समुदायका अनेकन विषय… पुरा पढौ

बहुप्रतिक्षित चलचित्र प्रकाश टोकियोमा अगष्ट २७ मा प्रदर्शन हुने

प्रदर्शन अगाडिनै चलचित्रको लगानी सुरक्षित गरिसकेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रकाश’ जापानमा अगष्ट २७ तारिख प्रदर्शन हुने भएको छ ।नेपालमा भदौ १० गते रिलिज हुने चलचित्र जापानको राजधानी टोकियोको नाकानोमा रहेको नाकानो जेरो हलमा भदौ ११ अर्थात् अगष्ट २७ मा प्रदर्शन हुने भएको हो । चलचित्र प्रकाश जापान सहित अष्ट्रेलिया, न्युजिल्यान्ड, ईण्डिया, अमेरिका, क्यानडा, मध्यपूर्वका आधा दर्जन देशहरु सहित युरोपका विभिन्न देशमा प्रदर्शन हुने तय भइसकेको छ । चलचित्र प्रकाशको फर्ष्ट लुक, पोस्टर र टिजर राम्रो रेस्पोन्स पाइरहँदा बिदेशमा समेत… पुरा पढौ

यूट्यूबभरि छाउन लागे तीज गीत, सधैँ चलिरहने लोकदोहोरीलाई पारे ओझेलमा

दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा कायम छ । म्युजिक भिडियोले ६६ हजार लाइक पाएको छ भने छ हजार बढीले गीतमाथि टिप्पणी गरेका छन् । भगिरथ चलाउने र सुनिता बुढा क्षेत्रीले स्वर दिएको उक्त गीत दर्शक,स्रोताको रुचाइमा परेको हो । बमबहादुर गाहा मगरको शब्द रहेको गीतमा सङ्गीत पनि गायक चलाउनेले नै दिएका छन् । गीत टिकटक प्रयोगकर्तामाझ पनि लोकप्रिय बनेको छ । मनछुने भाका, शब्द र सुरिलो गायकीले गीतमा प्राण भरेको छ… पुरा पढौ

कविका रचनामा ‘भानु’ 

‘खुबै आनन्दमा हुन्छुदुई–नौ असार आउँदाश्रद्धाले शीर निहुरिन्छतिम्रा कीर्ति सुनाउँदा’ २०९औं भानु जयन्ती समारोहमा स्रष्टाहरूले आदिकविको तस्बिरमा फूल मात्र चढाएनन् शब्दश्रद्धा पनि टक्राए । प्रस्तुत कवितांशमार्फत शब्दकर्मी मेघराज पाण्डेले भानु जयन्तीअर्थात असार २९ लाई गौरवपूर्ण दिनका रूपमा लिए । ‘श्रद्धासुमन’ कविता पाठ गरेपछि पाण्डेले आदिकविप्रति राज्यले दर्शाएको सम्मान स्तुत्य रहेको बताए । ‘भानु जयन्तीमा सार्वजनिक बिदा दिएर गण्डकी प्रदेश सरकारले राष्ट्रिय विभूतिको मूल्यबोध गरेको छ’, उनले भने । कवि धनराज सापकोटा ‘जिज्ञासू’ले सरकारी कार्यालयमा हुने ढिलासुस्तीप्रति कटु प्रहार गर्दै भानुभक्तले लेखेको… पुरा पढौ

मासिँदै बागलुङको स्थानीय प्रविधिका झोलुङ्गे पुल 

गाईघाट झरना छेउको झोलुङ्गे पुल भत्काइएको खबर सुन्दा ६० वर्षीय दिलबहादुर घर्तीलाई ननिको लागेको छ । ताराखोला गाउँपालिका–१ स्थित दरमखोलामा रहेको उक्त झोलुङ्गे पुलको अहिले नामोनिसान छैन । ‘ट्रस्ट’ पुल बनाउन पुरानो झोलुङ्गे पुल हटाइएको हो । “६ कक्षा पढ्न हरिचौर जाँदा गाईघाटको पुल तरेर जानुपथ्र्यो”, घर्तीले भने, “नौ, दस कक्षा पढ्ने बेलासम्मै त्यहीँ बाटो भएर हिँड्यौँ, हामी सानो छँदादेखि नै त्यहाँ झोलुङ्गे पुल थियो ।” परम्परागत सीप र साधनबाट बनाइएको पुल संरक्षण गर्नुपर्नेमा उल्टै भत्काइएपछि घर्तीको मन कुँडिएको हो… पुरा पढौ

वैदेशिक रोजगारीमा हुने हरेक नेपालीको कथा सहित कर्णालीको परिवेश समेटिएको “चिसो मान्छे” जापानमा प्रदर्शन हुदै

एक फरक किसिमको अनुभूति र रमाईलो संगै कर्णालीका बाढीपिडित भई बर्षौदेखी जंगलमा बास बसिरहेका पिडितका बालबलिकाहरुको उच्च शिक्षाका लागि छात्रवृत्ति अभियानको लागि चलचित्र ‘चिसो मान्छे’ जापानमा जुलाई १७ मा साँझ ६ बजे प्रदर्शन हुने भएको छ ।KPS JAPAN TEAM को संयोजनमा जापानको नाकानो जेरो हलमा चलचित्र "चिसो मान्छे" को जापान प्रदर्शन गरिन लागेको कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले जानकारी दिए ।चिसो मान्छे मुलतः विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई… पुरा पढौ

जापानबाट नेपाली चेली मिस प्रिटिनमा भाग लिन अमेरिका जादै, एनआरएनएले गर्यो सम्मान

जापानमा दर्जनौं प्रतिस्पर्धीलाई पाखा लगाउँदैं नेपाली चेली युमे अधिकारी मिस प्रिटिन प्रतियोगितामा भाग लिन अमेरिका जाने अन्तिम तयारीमा रहेकी छिन् । उनको उत्साहलाई थप प्रोत्साहित गर्नका लागि जापानकी गुडिया समेत भनेर चिनिने युमे अधिकारीलाई एनआरएनए जापान, क्षेत्रीय समिति नागोयाले शनिबार विषेश कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । कार्यक्रममा एनआरएनए जापान, नागोया क्षेत्रीय समितिका संयोजक मनोज बम मल्लले युमे अधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा एनआरएनएका उपाध्यक्ष रोविन्द श्रेष्ठ गोविन्द, आईसिसि सदस्य दिपक कार्की, एनआरएनए एशिया प्यासिफिक संयोजक पारशमणि… पुरा पढौ

नेपाली सागीतिक क्षेत्रमा मोडलको रूपमा जम्दै तुलबिर थापा, “बर्खामास”मा दिए सशक्त प्रस्तुति

वर्षाको मौसम छ सबैतिर मानो रोपेर मुरी फलाउने चटारो छ। खोलानाला सुस्साएका छन् यसै बिचमा पछिल्लो समयको लोक संगीतको बजारमा “बर्खामास” ले छोटो समयमै आम दर्शक स्रोताको मन जित्न सफल भएको छ। शब्द लय संगीतको आफ़नो छुट्टै पहिचान त छदै छ यस एल्बमको भिडियोले अझ बढ़ी दर्शकको मन तान्न सफल रहेको छ ।परदेशको भूमिमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा भिजुवल अर्थात् मोडलको रूपमा उदयमान कलाकारको रूपमा देखा परेका छन तुलबिर थापा समर्पण । नेपाली लोकसंगीतमा आफ़नो बेग्लै पहिचान बनाएका… पुरा पढौ