
गैरे वन्धुहरूलाई एकताबद्ध बनाउदै सामाजिक कार्य गर्ने पवित्र उदेश्य २०११ मा स्थापना भएको गैरे सेवा समाज जापानको पाचौं अधिवेशनबाट भुमप्रसाद गैरे सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन ।
एनआरएनए आईसिसि सह-कोषाध्यक्ष टंक गैरे संरक्षक द्धय नेत्रप्रसाद गैरे(राजु) र झम्पलाल गैरेको प्रमुख आतित्थ्यता सोमबार जापानको ओसाकामा सम्पन्न अधिवेशनबाट तीन वर्षे कार्यकालको लागि २१ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भीमप्रसाद गैरे उपाध्यक्षमा गौरीशंकर गैरे, चेतराम गैरे, खिमप्रसाद गैरे र भवनाथ गैरे निर्वाचित भएको उपाध्यक्ष गौरीशंकर गैरेले जानकारी दिए ।
कार्यसमितिको महासचिवमा श्यामलाल गैरे, सचिव लक्षमण गैरे(कोलामाथि), मदन गैरे र तेजिन्द्र गैरे, कोषाध्यक्ष भूमनाथ गैरे, सह-कोषाध्यक्ष लक्षमण गैरे(चिनारी), युवा संयोजक प्रकाश गैरे, लेखा समिति संयोजक रबि गैरे र महिला संयोजक भावना गैरे निर्वाचित भएका छन ।
निर्वाचित हुने सदस्यहरूमा डिलाराम गैरे, विराज गैरे, नेत्रप्रसाद गैरे, सुजन गैरे र निरज गैरे रहेका छन ।
संस्थाका महासचिव श्यामलाल गैरेले संचालन गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष चेतराम गैरेले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सल्लाहकार आत्मराम गैरे, दिलीप शर्मा गैरे (ओमप्रकाश ) प्रेम प्रसाद गैरे, रबि गैरे लगायतले समाजको आवश्यकता र महत्वको बारेमा मन्तव्य राखेका थिए । जापानका विभिन्न क्षेत्रबाट गैरे बन्धुहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा एनआरएनएका विभिन्न पदमा निर्वाचित व्यक्तित्वहरू आईसिसि सह-कोषाध्यक्ष टंक गैरै,एनआरएनए जापानका कोषाध्यक्ष कृष्ण शर्मा गैरे,एनआरएनए जापानका सदस्य दिलिप कडेल,एनआरएनए जापान,क्षेत्रीय समिति कान्साईका संयोजक दिलीप शर्मा गैरे,एनआरएनए जापानका मानार्थ सदस्य प्रकाश गैरे लगायतलाई सम्मान गरिएको थियो।
अध्यक्ष डिलाराम गैरे सभापतित्वमा सम्पन्न अधिवेशनमा संस्थाका उपाध्यक्ष भिमप्रसाद गैरेले स्वागत व्यक्त गरेका थिए ।



