खाद्यान्नको मूल्य वृद्धिप्रति जापानी नागरिक आक्रोशित बन्दै गएका छन्: अध्ययन

-


     जनहित न्युज    
     असार १२ गते २०७९


जापानी घरपरिवारहरू खाद्यान्न र दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्यप्रति आक्रोशित र असहनशील बन्दै गएको बैंक अफ जापान(BOJ)को तथ्यांकलाई विश्लेषण गरेको एक अनुसन्धान कम्पनीको सर्वेक्षणले देखाएको छ ।
Mizuho Research & Technologies Ltd. ले BOJ द्वारा सार्वजनिक तथ्यांकमा आधारित रहेर घरायसी खर्च सर्वेक्षणको विश्लेषणले गर्दा गभर्नर हारुहिको कुरोदाले जुन महिनाको सुरुवातमा उपभोक्ताहरू बढ्दो मूल्यहरूप्रति “सहिष्णु” भइसकेका छन् भनी टिप्पणीको विपरीत रहेको देखाएको छ ।
कुरोदाले सो अभिव्यक्ति व्यापक विरोध पछि फिर्ता लिन र माफी माग्न बाध्य भएका थिए ।
सर्वेक्षण गर्ने कम्पनीले खाना र पेय पदार्थको खर्चमा कटौती गर्ने प्रवृत्ति बढ्दै गईरहेको पनि फेला पारेको छ। BOJ को त्रैमासिक सर्वेक्षणहरूबाट प्राप्त डाटा प्रयोग गर्दै Mizuho को अनुसन्धान टिमले उनीहरूलाई “वांछनीय ” ठानेकाहरूबाट मूल्य वृद्धिलाई “समस्याजनक” मान्ने उत्तरदाताहरूको प्रतिशत घटाएर घरपरिवारहरूको सहिष्णुताको परिमाण निर्धारण गरेको उल्लेख गरेको छ।

सन २००४ जुन र २०० मार्च बीचको सहिष्णुता प्रगतिको विश्लेषणले बढ्दो मूल्यहरूको कारण घरपरिवारहरूको सहिष्णुता आर्थिक वर्ष २०२१ यता उल्लेखनीय रूपमा घटेको देखाएको छ । तेलको मूल्यमा भएको वृद्धिले अन्य वस्तुको मूल्यवृद्धिमा उल्लेख्य भूमिका खेलेको पनि बताईएको छ ।
उपभोक्ता मूल्य सूचकाङ्क र घरायसी खर्च सर्वेक्षण जस्ता सरकारी तथ्याङ्कमा आधारित छुट्टाछुट्टै विश्लेषणलाई उद्धृत गर्दै कम्पनीले चिया, झोला, फ्युटन बेडिङ, एयर कन्डिसनर र खाना पकाउने तेल जस्ता वस्तुहरूमा उपभोक्ताहरूले उल्लेख्य कटौती गरेका थिए।

मिजुहो रिसर्चका वरिष्ठ अर्थशास्त्री साइसुके साकाईले कम आय भएका घरपरिवारमा बढ्दो मूल्यको असमान बोझप्रति सरकारलाई ध्यानाकर्षण समेत गराएका छन ।
“उनीहरू मूल्यवृद्धिप्रति कम सहनशील छन् किनभने दैनिक आवश्यकताहरूले उनीहरूको खर्चको ठूलो अनुपात बनाउँछन्,” साकाईले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?