जापानमा कोरोना परिक्षणको लागि बच्चाको स्वाब अपर्याप्त उपलब्ध गराएको आरोपमा कर्मचारीमाथि तलब कटौती सहितको कारबाही

-


     जनहित न्युज    
     असार ११ गते २०७९


जापानको ओसाका प्रान्तका कर्मचारीलाई बाल परामर्श केन्द्रमा कोरोनाभाइरस एन्टिजेन परीक्षण गराउनका लागि बच्चाको स्वाब अपर्याप्त पेश गरेको आरोपमा तलब कटौतीको साथै आवश्यक कारवाही गरेको छ ।
जुन २३ मा प्रान्तीय सरकारले प्रिफेक्चरको कल्याण विभागको एकाइ प्रमुखको दर्जामा कार्यरत ४७ वर्षीय कर्मचारीलाई छ महिनाको लागि १०% तलब कटौतीको साथमा नैतिक कारवाहीसहित दण्डित गरेको छ ।
बच्चालाई अस्थायी रूपमा तोन्दाबायाशी शहरको एक प्रान्तीय बाल परामर्श केन्द्रको हेरचाहमा राखिएको थियो र निजी कल्याणकारी सुविधामा स्थानान्तरण गर्न २०२१ डिसेम्बर १५ मा एन्टिजेन परीक्षणको लागि स्वाबको नमूना संकलन गर्दा उनले अपर्याप्त रयाल उपलब्ध गराएको आरोप लगाईएको छ ।
एन्टिजेन परीक्षणमा संदिग्ध कोभिड-१९ का लक्षणहरू देखिएको तर बच्चाको र्‍यालको मात्रा अपर्याप्त रहेको बताईएको छ । भाइरसको परीक्षण “नेगेटिभ” आएपछि बच्चालाई कल्याण केन्द्रमा सारिएको थियो। त्यहाँ कुनै पनि संक्रमण पुष्टि भएको छैन।
मातहतका कर्मचारीले फेब्रुअरी २०२२ मा अर्को कर्मचारीसँग परामर्श गरेपछि यो घटना बाहिर आएको हो।
ती कर्मचारीले नमुना पेश गर्ने अन्तिम मिति नजिकिदै गर्दा दबाब महसुस गरेकी थिइन्, र भनिन्, “म पर्याप्त माफी माग्न सक्दिन किनकि यो विश्वासलाई हानि पुर्‍याउने घातक कार्य थियो, र यसले सुविधा र बच्चालाई धोका दिएको छ।”
प्रान्तीय सरकारले उनको तत्कालीन हाकिम र स्वाब पेश गर्ने मातहतलाई समेत चेतावनी दिएको छ । कल्याण केन्द्र विभागका एक अधिकारीले भने, “हामी यस मुद्दालाई गम्भीरताका साथ लिन्छौं, र सम्भव भएसम्म मेडिकल सुविधाहरूमा परीक्षणहरू गर्ने जस्ता पुनरावृत्ति रोकथामका उपायहरू लिनेछौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?