
जापानको यामानाशी प्रान्तको फुएफुकी शहरमा रहेको बगैचाबाट करिब १५ लाख बराबरको ५,००० वटा आरु चोरी भएको छ ।
प्रहरीले जुन २१ मा दिउँसो करिब ३ बजे एक किसानले बगैचाबाट आरु चोरी भएको उजुरी फोनमार्फत पाएपछि करिब ५ हजार आरु हराएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। चोरिएको आरु मिसाका हाकुहो नामक जातको हो। चोरी भएको फलको मूल्य १५ लाख येन अनुमान गरिएको छ।
सूर्यको प्रतिबिम्बित किरणबाट बचाउन र आरुको रंगलाई जोगाइ राख्नको लागि रूखको मुनि राखिएका सेतो पानाहरूमा गाडीको टायर ट्र्याकहरू फेला परेको प्रहरीले जनाएको छ। साथै बगैंचाको प्रवेशद्वार नजिकै टायर ट्र्याकहरू फेला परेको बताईएको छ ।
कृषकहरूले सामान्यतया हाँगाहरूबाट फल होसियारीपूर्वक टिपेर आरुको कटनी गर्छन्। तर चोरी गरिएको स्थलमा रूखका हाँगाहरू भाँचिएका थिए, तिनीहरूमध्ये केहीमा अझै पनि आरु अव्यवस्थित रूपमा झुन्डिए थिए र पातहरू पनि छरपष्ट रूपमा छरिएका थिए।
प्रहरीले फुएफुकी र यामानाशी सहरमा जुन १५ देखि हालैको घटना समेत गरि अनुमानित करिब ३९ लाख येन (लगभग २८,४०० डलर) बराबरको कुल १४,४०० आरु चोरी भएको छ ।यामनशी प्रीफेक्चरल प्रहरी अधिकारी र जापानसहित करिब ७० जना कृषि सहकारीका अधिकारीहरूले २० जुनमा आपतकालीन गस्ती सुरु गरेका गर्दै तारबारको व्यवस्था समेत गर्न थालिएको छ ।
प्रिफेक्चरल पुलिसले बताए अनुसार, ४ लाख २० हजार येन (लगभग 3,080 डलर) को कुल १४०० हिकावा हाकुहो जातको आरु जुन १५ मा फुएफुकीको एक खेतबाट चोरी भएको फेला परेको थियो। यस पछि लगभग आरु चोरीहरू लगायतका श्रृंखलाहरू भएका छन। जस मध्य जुन १७ मा यामानाशीमा ४५०,००० येन (लगभग ३,३०० डलर)बराबरको, १५०० चियोहिमे र हिमे जातको आरु ५ लाख येन (लगभग 3,670 डलर) को, ४० हजार येन बराबरको २५०० हिकावा हाकुहो जातको आरु जुन १७ मा, र जुन १९ मा यामानाशीमा १ मिलियन येन (लगभग ७,३४० डलर) बराबरको आरु चोरी शृंखलावद्द रूपमा भैरहेको बताईएको छ ।
यमनाशीका गभर्नर कोटारो नागासाकीले जुन २१ मा एक पत्रकार सम्मेलनमा भने, “यो अत्यन्तै जघन्य अपराध हो जसमा बाली काट्न मात्रै लागेको समयमा रातारात चोरी भएको घटनालाई सहन सकिँदैन।”
नागासाकीले फसल काट्ने सिजन अगावै चोरी विरोधी उपायहरूलाई सुदृढ पार्ने र गस्तीको लागतका आधारमा तुरुन्तै अनुदान दिने आफ्नो इच्छा व्यक्त गरे।



