जापानद्वारा २०२० जनवरीदेखि यता जारी गरेका सिओइको म्याद थप, जुलाई ३१ सम्म जारी गरिएको भने ६ महिना मात्र

-


     जनहित न्युज    
     असार ८ गते २०७९


कोभिड-१९ महामारीको प्रभावका कारण जापान प्रवेशमा ढिलाइ भएको विदेशी नागरिकलाई ध्यानमा राख्दै जापानको अध्यागमन सेवा एजेन्सीले अध्यागमनका लागि आवश्यक पर्ने योग्यता प्रमाणपत्र (सिओइको) को वैधता विस्तार गर्न विशेष उपायहरू अपनाएको छ।
अध्यागमन सेवा एजेन्सीले दिएको जानकारी अनुसार २०२० जनवरी देखी यता जारी गरेका प्रमाणिकरण पत्र (सिओइको ) को म्याद थप गरेको हो ।
एजेन्सीले दिएको जानकारी अनुसार २०२० जनवरी १ देखी २०२२ अप्रिल ३० सम्म जारी गरिएका सिओइ म्याद अक्टुवर ३० सम्म कायम गरिएको छ । त्यसगरी २०२२ मे १ देखी जुलाई ३१ सम्म जारी गरिएका सिओइको म्याद ६ कायम रहने अध्यागमनले बुधाबार जारी गरेको सूचनामा उल्लेख छ ।
२०२२ अगष्ट १ देखी जारी हुने सिओइको म्याद ३ महिना मात्र कायम गरिने पनि अध्यागमन बिभागले जनाएको छ । कोरोना महामारी अघिसम्म सिओइको म्याद ३ महिना मात्र थियो ।
कोरोना संक्रमण नियन्त्रणमा आएको र जापान प्रबेश गर्ने बिदेशीहरुको संख्या दैनिक बढिरहेको सन्दर्भलाई ध्यानमा राखदै अध्यागमन बिभागले अघिल्लो आवेदन पछि कुनै परिवर्तन नगरी जापानको अध्यागमन सेवा एजेन्सी द्वारा तोकिएको सम्पूर्ण नियमको अनुसार नै नयाँ प्रमाणपत्र जारी गरिनेछ।
सूचना अनुसार कारण बिशेषले सिओइको म्याद सकिएकाले अर्को बर्षको जनवरी १ सम्म प्रतिलिपीका लागि आबेदन दिन पाउने छन ।
स्वीकार गर्ने संस्था, इत्यादिले भिसाको लागि आवेदन दिँदा “योग्यताको प्रमाणपत्रको लागि आवेदन दिँदा दिइएका गतिविधि सामग्रीहरू सहित विदेशी नागरिकलाई स्वीकार जारी राख्न सक्षम छ” भनी कागजात पेस गरेको अवस्थामा विदेशमा कूटनीतिक नियोगलाई वैध मानिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?