नेपाली व्यवसायी संघ जापान (एनबिए)को दोस्रो अधिवेशनको तयारी, नागोयामा नरबहादुर थापाको संयोजकत्वमा क्षेत्रीय समिति विस्तार

-


     जनहित न्युज    
     असार ७ गते २०७९


जापानमा रहेका नेपाली व्यावसायीहरूलाई एकजुट गराइ व्यावसायिक हितमा कार्य गर्ने उद्देश्यले गठित नेपाली व्यवसायी संघ जापान (एनबिए)ले दोश्रो अधिबेशन लक्षित कार्यक्रम अन्तर्गत नागोयामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्दै नागोया क्षेत्रीय समिति गठन गरिएको छ।

जापानमा रहेका नेपाली व्यावसायीहरूको हकहित, सहयोग तथा समन्वय गर्नका लागि छाता संस्थाको रूपमा कार्य गर्ने गरि सन २०१८ मा स्थापना भएको एनबिएले नेपाली व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै आफ़्नो दोस्रो अधिवेशनको तयारी थालेको हो ।
सोहि अवसरमा नरबहादुर थापा संयोजक र अर्जुन केसी सह संयोजक रहने गरी क्षेत्रीय समिति विस्तार समेत गरेको छ । नागोयाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको सहकार्यमा पूर्ण क्षेत्रीय समिति विस्तार गर्ने जिम्मेवारी दिएको एनबिएका सचिव बाबुराम पौडेलले जानकारी दिए ।

शनिबार नागोयामा कोरोना महामारी पछिको नेपाली व्यवसायीहरूको वर्तमान अवस्था, भावी चुनौती तथा क्षेत्रीय कमिटि गठन प्रक्रियाको बारेमा आवश्यक धारणा तय गर्नको लागि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।
एनबिएका अध्यक्ष विजेश थकालीको अध्यक्षतामा भएको सो कार्यक्रममा व्यवसायीहरूले कोरोना सङ्क्रमणपछिको वर्तमान अवस्था, भावी चुनौती तथा क्षेत्रीय कमिटी गठन प्रक्रियालगायतका विषयमा चर्चा गरेका थिए । उपस्थित व्यवसायीहरूले कोरोना सङ्क्रमण समयावधिमा देखा परेका नकारात्मक सकारात्मक पक्षहरूबारे आ-आफ्नो विचार राखेका थिए ।

जापान सरकारले व्यवसायीहरूलाई प्रदान गरेको अनुदान सहुलियतपूर्ण ऋण लगायतका कुराहरूलाई अब हेलचक्राई गरेर समस्या निम्ताउनु भन्दा नियमसंगत जिम्मेवारीका साथ सहज र सजग हुनुपर्ने समय आएको अधिकांश व्यवसायीहरूको निष्कर्ष रहेको थियो । समस्या आउन नदिन र आइसकेपछि समस्या समाधानका लागि जापानमा रहेका नेपाली व्यवसायीहरूलाई जुनसुकै समयमा पनि साथ र सहयोग गर्ने एनबिए जापानले बताएको छ ।
नागोयास्थित दियालोको हलमा सम्पन्न कार्यक्रममा नागोयामा रहेर लामो समयदेखि व्यवसाय गरिराख्नु भएका पुरानादेखि भरखर व्यवसाय शुरु गरेका व्यवसायी समेतको बाक्लो उपस्थिति थियो । उक्त कार्यक्रममा व्यवसायीहरू गोविन्द श्रेष्ठ, भवानी पन्त, यम खत्री, पारसमणि पोखरेल, दीपक कार्की, डिलाराम खरेल, टंक गैरे, आत्माराम गैरेलगायतले आफ्नो धारणा तथा सुझाव सल्लाह राख्नु भएको थियो ।

वक्ताहरूले छोटो तयारी र सूचनाका आधारमा तय गरिएको कार्यक्रम भएपनि नागोयामा रहेका व्यवसायीहरूको बाक्लो उपस्थित रहेको थियो । उक्त कार्यक्रम एनबिए जापानका अध्यक्ष थकाली, वरिष्ठ उपाध्यक्ष दधिवल खड्का, उपाध्यक्ष सञ्जीव पोखरेल, कोषाध्यक्ष नरबहादुर थापा, सचिव बाबुराम पौडेललगायतले कार्यसमितिको तर्फबाट मन्तव्य राख्दै नागोया क्षेत्रमा रहेर व्यवसाय गरिरहेका भएका व्यवसायीहरूको संस्था प्रतिको चासो, सुझाव सल्लाह तथा खबरदारीले जापानमा रहेको सबैखाले व्यवसायीहरूको छाता संस्थाको रूपमा विस्तार गर्दै उद्देश्य उन्मुख काम गर्न थप प्रेरणा, ऊर्जा र मार्ग निर्देश गर्ने भन्दै सहकार्यको लागी आह्वान गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन बाबुराम पौडेलको गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?