एनआरएनए एशिया प्यासिफिक उप-संयोजक ददिवल खड्कालाई जापानमा सम्मान

-


     जनहित न्युज    
     जेठ ३० गते २०७९


टोकियो । ग्लोबल मल्टीमिडिया प्रा.लीले संचलन गरेको मातृ सन्देश डट कमले एनआरएनए एशिया प्यासिफिक उप-संयोजक निर्वाचित ददिवल खड्कालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

टोकियोमा जुन १२ तारिख आइतबार भेंटघाट रेष्टुरेण्टमा आयोजित कार्यक्रमको बीच डिआरसी खड्कालाई सम्मान गरेको हो ।

२०७९ सालको नेपाली क्यालेन्डर वितरण, विज्ञापनदाताहरुलाई मायाको चिनो कप प्रदान तथा सम्मान कार्यक्रममा एनआरएनए आइसीसी उप महासचिव ओम गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पर्वत समाज जापानका अध्यक्ष जनक सुबेदी, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीब राई, थकाली समाज जापानका अध्यक्ष बुद्धी गौचन, दोलखा समाज जापानका अध्यक्ष महेश खड्का, जापान समाचार डट कमका प्रधान सम्पादक गोकर्ण अधिकारी, तमु धीं जापानका अध्यक्ष रमेश गुरुङ, पूर्व राष्ट्रीय खेलाडी श्री गुरुङ, नेपाली समाज जापानका अध्यक्ष पेम्बा शेर्पा, एभरेष्ट ट्रेड कम्पनीका सिईओ शिबहरी पौडेल, एल्मिरा ट्राभल कम्पनीका सिईओ सुमन कार्की, नेपाल तामाङ समाज जापानका महासचिव बलराम थिङ, रामेछाप समाज जापानका सचिवालय सदस्य मनिता मोक्तान लगाएत व्यक्तित्वहरु अतिथिको रूपमा उपस्थित रहेको थियो ।
मातृ सन्देश डट कमका अध्यक्ष शान्त पहरीले संचालन, प्रमुख ब्यवस्थापक गिरबहादुर तामाङले स्वागत र प्रबन्ध निर्देशक बिजय थकालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?