मतदाता बोकेको जिप दुर्घटना, १४ को मृत्यु

-


     जनहित न्युज    
     वैशाख ३० गते २०७९


स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । 

३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।

मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे  ग २ च ३०२६ नम्बरकाे जीप  पर्वत जोड्ने सडकबाट झरेको हो । जीपमा ३२ जना यात्रु रहेका प्रहरीले जनाएकाे छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे ।

उनीहरुकाे गह्रौँ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई पोखरा लगिएकाे छ ।

अहिले अन्य घाइतेहरुकाे उद्धारको कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । यसबारे थप विवरण भने आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?