सर्वोच्च अदालत अगाडि आफैंलाई आगो लगाउदा एक व्यक्तिको मृत्यु

-


     जनहित न्युज    
     वैशाख १२ गते २०७९


अमेरिकी सर्वोच्च अदालत अगाडि आफैंलाई आगो लगाउदा एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

शुक्रबार राति वाशिङटन डिसीस्थित सर्वोच्च अदालत अगाडि एक व्यक्तिले आफै आगो लगाएर आत्महत्या गरेको महानगरीय प्रहरी बिभागले शनिबार जनाएको छ । अदालतले शुक्रबार एक बिज्ञप्ति जारी गरि अन्य कसैलाई चोटपटक नलगाएको बताएको छ ।

प्रहरीले ती व्यक्ति बोल्डर कोलोराडोका ५० वर्षीय विन ब्रुसको भएको पुष्टि गरेको छ । घटनापछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको विभागले उल्लेख गरेको छ । साँझ करिब ६ः३० बजे उनी अदालतको भवन अगाडिको चौकमा गएर आफूलाई आगो लगाएको अदालतले जनाएको छ ।

अदालतले ती व्यक्ति वा तिनको उद्धेश्यले गरेको सम्बन्धि कुनै विवरण दिएको छैन भनि डब्लुटिओपीले समाचार लेखेको छ ।

सर्वोच्च अदालत प्रहरी ,अमेरिकी सांसद भवन प्रहरी तथा डिसी महानगर प्रहरी विभागहरु त्यहाँ पुगेको अदालतले जनाएको छ । अदालतका अनुसार उनको ज्यान बचाउन चिकित्सा उदग्रबिमान (मेडिकल हेलिकप्टर)ले व्यक्तिलाई स्थानीय अस्पतालमा पुर्याएको थियो ।

घटनाले वाशिंगटन डिसीमा अराजकता ल्यायो । ठिक त्यसको एक दिन अगाडी व्यस्त सडकमा ४ जना मानिसहरूलाई गोली हानिएको थियो। संदिग्ध व्यक्तिको आत्मघाती बन्दुकको गोली लागेर मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?