अब नेपाल जादा कसले कोभिड-१९ को परिक्षण गरिनुपर्छ? नया अपडेटसहित

-


     जनहित न्युज    
     चैत्र ६ गते २०७८


स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले सीमानाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कहरुमा कोभिड- १९ लगायत अन्य संक्रामक रोगहरुको परीक्षण सम्बन्धी मापदण्ड निर्धारण गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हेल्थ डेस्कहरुमा कोभिड -१९ को पूर्ण खोप नलगाएका र कोभिड १९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिए मात्र स्वास्थ्य परीक्षण हुने जानकारी दिनु भयो ।

केन्द्रले सूचना जारी गर्दै पूर्ण खोप प्राप्त नगरेका वा ७२ घण्टा भित्रको कोभिड-१९ को परीक्षण (आरटी पीसीआर, ट्रु नाट, जीन एक्सपर्ट) को नेगेटिभ रिपोर्ट नभएका यात्रीहरुले डेस्कहरुमा परीक्षण गर्नुपर्ने भएको हो । 

त्यस्तै, पूर्ण खोप प्राप्त गरेको वा ७२ घण्टा भित्रको कोभिड १९ को परीक्षण (आरटी-पीसीआर, ट्रु नाट, जीन एक्सपर्ट) को नेगेटिभ रिपोर्ट भएता पनि कोभिड-१९ संक्रमणको लक्षण भएका यात्रीहरुले पनि डेस्कहरुमा परीक्षण गर्नुपर्नेछ।

यसैगरी, पूर्ण खोप प्राप्त नगरेका ५ वर्ष माथिका बालबालिकाहरु वा ७२ घण्टा भित्रको कोभिड-१९ को परीक्षणको नेगेटिभ रिपोर्ट नभएका अथवा दुईमध्ये कुनै एउटा भएपनि कोभिड-१९ सँग मिल्दा जुल्दा लक्षणहरु देखिए उनीहरुको पनि परीक्षण गर्नुपर्ने जनाइएको छ ।

केन्द्रले सीमा तथा हवाई नाकामा खटिएका अधिकार प्राप्त चिकित्सक र स्वास्थ्यकर्मीले रोग निगरानीको क्रममा आवश्यक ठानेको अवस्थामा, कोभिड-१९ तथा अन्य संक्रामक रोगहरुको स्क्रिनिङका लागि यात्रुको कोभिड १९ को परीक्षण  (र्‍यापिड एन्टिजेन टेस्ट) लगायत अन्य संक्रामक रोगहरुको समेत परीक्षण गर्न सक्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?