जापानका प्रधानमन्त्री किसिदा फुमिओ भोलि भारत जाँदै

-


     जनहित न्युज    
     चैत्र ४ गते २०७८


जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा जाने भएका छन् । 

दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली जान लागेको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । 

भ्रमणका क्रममा उनले १४ औँ भारत—जापान बार्षिक सम्मेलनसमेतमा सहभागीता जनाउने बताइएको छ । 

साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिएका हुन् ।  

उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्नेछन् । 

हरेक बर्ष आयोजना गरिने भारत—जापान बार्षिक सम्मेलनको १४औँ संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ । यसअघिको बार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो ।  

अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा पनि आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने उनले जानकारी दिए । 

भारत र जापानबीच बहुपक्षीय सम्वन्ध र सहकार्य हुदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा पनि उनीहरूले छलफल गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ । 

रुसले युक्रेन माथि गरेको आक्रमणप्रति कडा आपत्ति जनाउदै जापानले रुसमाथि विभिन्न प्रतिबन्धको घोषणा गरेको छ। उता भारतले भने युक्रेन माथिको आक्रमणका बिषयमा मौन बसिरहेको छ । यस्तो अबस्थामा जापानका प्रधानमन्त्रीले भारतको भ्रमण गर्नुलाई ‘अर्थपूर्ण’ मान्नु पर्ने कतिपय अन्तराष्ट्रीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?