
FILE PHOTO: Vials with a sticker reading, "COVID-19 / Coronavirus vaccine / Injection only" and a medical syringe are seen in front of a displayed Johnson & Johnson logo in this illustration taken October 31, 2020. REUTERS/Dado Ruvic/File Photo/File Photo
अन्तर्राष्ट्रिय यात्रुहरूले कोभिड-१९ विरुद्दको भ्याक्सिन जोन्सन र जोन्सन लगाएको प्रमाण रहेमा पनि जापान प्रवेशका लागि अनुमति दिइने र अर्को महिना सीमा नियन्त्रणहरू सहज भएपछि क्वारेन्टाइनको छोटो लागि समयावधिको लागि पनि योग्य हुने बताईएको छ ।
जापानमा करिब दुई वर्षको प्रतिबन्धपछि जे एण्ड जे खोप विदेशी आगन्तुकहरूको प्रवेश गर्नका लागि नियामकहरूले अनुमोदन गरेको अन्य तीन खोपहरूको सूचीमा सामेल गरिने भएको हो।
विदेश मन्त्रालयले जारी गरेको सूचीमा अन्य स्वीकृत खोपहरूमा फाइजर, मोडर्ना, र एस्ट्राजेनेका रहेका छन।चिनियाँ र रुसी निर्माता कम्पनीहरूले विकास गरेका खोपहरू अझैपनि जापानले समावेश गरेको छैन।
मार्च १ देखि जापानमा आगन्तुकहरू प्रवेश गर्ने संख्या दैनिक ३५०० बाट बढाएर ५,००० पुर्याउन लागिएको छ ।
विदेशी यात्रुको जापान प्रवेश गर्ने देश क्षेत्रहरूलाई ध्यानमा राखेर र उनीहरूले बूस्टर खोप लगाए नलगाएको आधारमा सैद्धान्तिक रूपमा ७ दिनसम्म आफ़्नो आवासमा क्वारेन्टाइन रहनुपर्ने भएपनि उनीहरूले जापान प्रवेश गरेको तेस्रो दिन पछि स्वेच्छाले कोभिड-१९ को परिक्षण गर्दा परीक्षण नेगेटिभ आयो भने स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयलाई सूचित गरेर मन्त्रालयले पुष्टि गरेपछि घरमा क्वारेन्टाइन नबस्न पनि सकिने छ ।



