जापानी फ़ेस्टिवलमा नेपाल पनि थपियो

-


     जनहित न्युज    
     फागुन ९ गते २०७८


टोकियो- जापानी दूतावास र जापानी फाउन्डेसन आयोजनामा दोस्रो जापानी फिल्म फेस्टिभल अनलाइन २०२२ शुरु भएको छ । फेस्टिभलमा यसपटक नेपाल पनि थपिएको छ ।

जापानी फिल्मको आकर्षणलाई विश्वमाझ साझा गर्ने उद्देश्यले गत सोमबार शुरु भएको अनलाइन फेस्टिभल आगामी आइतबारसम्म चल्नेछ भने फेस्टिभल अवधिभर २५ देशमा २० जापानी फिल्म निःशुल्क स्ट्रिमिङ गरिने जापानी दूतावासले जनाएको छ ।

जापानी फिल्म फेस्टिभल अनलाइन २०२० नोभेम्बरदेखि मार्च २०२१ सम्म पाँच महाद्वीप र २० देशमा पहिलोपटक आयोजना गरिएको थियो । महामारीका कारण धेरै देशका फिल्म हल बन्द भएको बेलामा महोत्सवले जापानी सिनेमालाई यसअघि कहिल्यै हासिल नभएको मापनमा विश्वसँग साझा गर्न सकेको र प्रस्तुत फिल्मका साथै निर्देशकहरूसँगको विशेष अन्तर्वार्ताले महोत्सव सफल भएकाले यसपटक पनि यसलाई निरन्तरता दिइएको दूतावासले जनाएको छ ।

दोस्रो महोत्सवको दायरामा नेपाल, बङ्गलादेश, पाकिस्तान, अर्जेन्टिना, इक्वेडर र पेरु थपिएका छन् । यससँगसँगै नेपालसहित २५ देशका दर्शकले १५ भाषामा सबटाइटलसहित २० फि निःशुल्क हेर्न सक्नेछन् । महोत्सवमा सन् १९५० देखि २०२८ सम्मका विभिन्न विधाका जापानी फ़िल्म स्ट्रिमिङ गरिदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?