जापान सरकारले कोरोना महामारीमा प्रदान गरेको आपतकालीन सानो रकम कोष र समग्र कोष विशेष ऋणको “ऋण फिर्ता छुट” हुनसक्ने, तपाई पनि पर्नसक्नु हुनेछ हेर्नुहोस

-


     जनहित न्युज    
     माघ २६ गते २०७८


के तपाईले कोभिड-१९ कोरोना महामारीका कारण दैनिक जीवनयापन गर्न धौ धौ परेर जापानको आफू बस्ने समाज कल्याण परिषद साकाइ फुकुसीबाट ऋण लिनु भएको छ? त्यो ऋण रकम कहिले कसरी फिर्ता गर्ने वा छुट होला कि भन्ने सोच्नु भएको छ? छ भने तपाईहरूका लागि यो खुशीको खबर पनि हुन सक्छ ।
कोभिड-१९ कोरोना भाईरसको महामारीका असरका कारण व्यापार व्यावसाय बन्द वा बेरोज़गार भै दैनिक जीवनयापनमा समस्या परि आपतकालीन सानो रकम कोष र समग्र कोष विशेष ऋणको छुट हुनसक्ने बताईएको छ ।
समाज कल्याण संस्था टोकियो महानगरपालिका समाज कल्याण परिषद( साकाइ फुकुसी) ले सन २०२३ देखि ऋण रकम फिर्ता गर्न सुरू गरिने बारेमा जानकारी दिदै सरकारले तोकेको सर्तहरू पुराण भएमा सो रकम “ऋण फिर्ता छुट” हुनसक्ने आफ़नो होमपेजमा उल्लेख गरेको छ ।
ऋण लिएको रकमको प्रकार अनुसार ऋण फिर्ता छुटको प्रक्रिया छुट्टाछुट्टै वर्षमा गरिनुपर्ने, २०२२ मा सहयोग कोषको पहिलो महिनादेखि तेस्रो महिनाको ऋण फिर्ता छुट प्रक्रिया गर्न सकिने र त्यसका लागि आवश्यक काग़ज़ात आफू बस्ने ठेगानामा नै पठाईने उल्लेख गरिएको छ ।
कोषका प्रकारहरू मध्यको आपतकालिन सानो रकम कोष र समग्र सहयोग कोष पहिलो पटकको २०२२ मा समग्र कोष लम्बाईएको चैथो महिनादेखि छैठौ महिनाको २०२३ मा र समग्र सहयोग कोष पुन ऋण २०२४ मा ऋण फिर्ता छुटको प्रक्रिया गरिने पनि उल्लेख गरिएको छ ।

२०२२ मा ऋण फिर्ता छुट हुनका लागि आर्थिक वर्ष २०२१ अथवा आव २०२२ मा ऋण लिएको व्यक्ति र घरमुलि दुवैको कर भुक्तानी गर्नु नपर्ने भएमा मात्र ऋण फिर्ता छुट हुनेछ । घरमुलि र ऋण लिने व्यक्ति एकै भै घरमा आश्रित अन्यको आम्दानीमा कर लागेको भएपनि सो छुटमा पर्न सकिने बताईएको छ ।
सो छुट प्रक्रियामा सहभागिता हुनका लागि जनवरीदेखि अगस्ट ३१ सम्म आवेदन गर्न सकिने, परिवारका सबै सदस्यको नामावली उल्लेखित निवास प्रमाण पत्र (जुमिन्यो), घरमुलिको कर छुट प्रमाण पत्र (免税証明書) सहित हुलाकमार्फत उपलब्ध हुने आवेदन फारम आफू बस्ने नगरपालिकाको समाज कल्याण परिषदमा पठाऊनु पर्ने छ ।
जानकारी भए अनुसार हालका लागि पहिलो पटक लिएको कोगिची सिकेन अर्थात् २० मान रकमको छुट प्रक्रिया सुरु हुने र सोगो सिकेन अर्थात् अन्यको हकमा आगामी दिनमा जानकारी दिदै जाने बताईएको छ ।

तपाई यस छुटमा पर्ने नपर्ने जानकारीको लागि तलको जानकारीमूलक सामग्री हेर्न सक्नुहुनेछ ।

https://www.tcsw.tvac.or.jp/activity/coronatokurei.html#menjo

1644364959149966

2022shokangaiyo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?