
Vials of the Moderna COVID-19 vaccines being administered for local residents sit in a tray at a mass vaccination center operated by Japanese Self-Defense Force Monday, Jan. 31, 2022, in Tokyo. (AP Photo/Eugene Hoshiko, Pool)
जापानी प्रधानमन्त्री फुमियो किशिदाले कोभिड-१९ विरूद्दको खोप प्रणालीमा सुधार गर्न, जनचेतना जगाउन र प्रतिदिन १० लाख बढि बुस्टर डोजको खोप लगाउने व्यवस्थापनका लागि सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
फेब्रुअरी ७ तारिक जापानको संसद भवनमा स्वास्थ्यमन्त्री शिगेयुकी गोटो र कोरोनासम्बन्धी कार्य गर्ने अधिकारीसहित अन्य क्याबिनेट मन्त्रीहरूसँगको भेटमा किशिदाले यस्तो निर्देशन दिएका हुन् ।
कोरोनाभाइरसको अत्यधिक ट्रान्समिसिबल ओमिक्रोन भेरियन्टबाट उत्प्रेरित संक्रमणको नयाँ लहरलाई रोक्नका लागि जापानले छिट्टै प्रति दिन १० लाख बूस्टर डोजको उपलब्धता गराउने लक्ष्यलाई परिपूर्ति गर्नका लागि प्रधानमन्त्री किशिदाले सम्बन्धित निकायलाई आग्रह गरेका हुन ।
कोरोना संक्रमणका नयाँ केसहरू गत हप्ता पहिलो पटक देशव्यापी रूपमा एक दिनमा १ लाख नाघेको थियो । गत शुक्रबारसम्म जापानका १२५ मिलियन मानिसहरूमध्ये ४.८ प्रतिशत नागरिकले मात्र तेस्रो डोजको खोप प्राप्त गरेको सरकारी अधिकारीहरूले बताएका छन ।
बेलायत, फ्रान्स र जर्मनीको जनसंख्याको ५० प्रतिशतभन्दा बढीले बूस्टर शट पाएका छन् तर जापानमा तेस्रो डोज अर्थात् बुस्टर डोज लगाउने हरू धेरै प्रतिशत कम रहेको सन्दर्भमा स्पष्ट लक्ष्य निर्धारण गरेर सरकारले सम्पूर्णलाई “जति सक्दो चाँडो,” खोप पुर्याउने काम गरिने आशा गरेको राखिएको किशिदाले संसदको बैठकमा बताए।
“तेस्रो डोजहरू अत्यधिक संक्रामक ओमिक्रोन भेरियन्टको लक्षण र गम्भीर रोगको बिरूद्ध रोक्नको लागि आवश्यक हो,” उनले भने, कम्पनी र विश्वविद्यालयहरूमा बुस्टर शटहरू फेब्रुअरीको मध्यबाट सुरु हुनेछन्।
जापानको मुख्य विपक्षी संवैधानिक लोकतान्त्रिक पार्टीका जुन्या ओगावाले किशिदाको दैनिक १० लाख शटको लक्ष्यको घोषणा “एक वा दुई कदम पछाडि” भएको भन्दै संसदमा किशिदाको आलोचना गरे तर दोस्रो र तेस्रो शटहरू बीचको छ महिनाको अन्तरालको खोपको प्रदान नगरेकोमा विरोध समेत गरे ।
संसदको अधिवेशन अघि किशिदाले स्वास्थ्य मन्त्री शिगेयुकी गोटो र अन्य सम्बन्धित क्याबिनेट मन्त्रीहरूलाई स्थानीय नगरपालिकाहरूद्वारा लागू गरिएको खोप अभियानलाई अगाडि बढाउन, कार्यस्थलमा खोप लगाउने क्षमता बढाउन र शिक्षक लगायत अत्यावश्यक कामदारहरूलाई खोप वितरण प्रवर्द्धन गर्न निर्देशन दिए।



