
जापानले शनिबारदेखि लागु हुनेगरि विदेशबाट आउने यात्रुहरूका लागि १४ दिनको क्वारेनटीन अवधि घटाएर १० दिन बनाउने भएको छ ।
कोरोना कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टबाट गम्भीर रूपमा प्रभावित देशहरू र त्यस वरिपरीका प्रभावित विश्वभरका सबै देशहरूबाट जापान आउनेहरूमा यो नियम लागु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणको दर घटदै गएपछिको अवस्थामा क्वारेनटीनको अवधिलाई कम्तिमा तीन दिनको थियो, तर ओमिक्रोन भेरियन्टको उदयसंगै सरकारले सीमा नियन्त्रणलाई कडाइ गरेपछि नोभेम्बरको अन्त्यबाट यसलाई १४ दिनमा बढाइएको थियो।
सरकारले कोभिड–१९ का बिरामीको सम्पर्कमा आएका व्यक्तिको क्वारेन्टाइन अवधि १४ दिनबाट घटाएर १० बनाएपछि यो कदम चालिएको हो ।
ओमिक्रोन संक्रमितको सम्पर्कमा आएकाहरूको ९९ प्रतिशतसम्म १० दिन भित्र लक्षणहरू देखा पर्ने,यस भेरियन्टको लागि इन्क्युबेशन अवधि लगभग तीन दिनको हुने अन्य भेरियन्टहरूको तुलनामा अवधि पनि छोटो हुने भएकोले १४ दिनबाट क्वारेनटीनको अवधि १० दिन बनाईएको हुनसक्ने संक्रामक रोग राष्ट्रिय संस्थानले बताएको छ ।
जापानमा प्रवेश गरेपछि उनीहरूकै आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा बस्न, विदेशबाट प्रवेश गर्नेहरूको लागि स्वास्थ्य अनुगमन केन्द्रद्वारा गरिएको फलो-अप जाँचहरू र सार्वजनिक यातायात प्रयोग गर्नबाट टाढा रहनु पर्नेसहित १४ दिनबाट घटाएर १० दिनमा सिमित गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नीति परिवर्तनसँगै, प्रधानमन्त्री फुमियो किशिदाको प्रशासनले सामाजिक अवरोधलाई न्यूनीकरण गर्न र चिकित्सा प्रणालीमा पर्न सक्ने तनावलाई रोक्न प्रयासरत रहने बताएको छ।
कोरोनाभाइरस संक्रमितहरूसँग नजिकको सम्पर्कमा रहेका डाक्टर र नर्सहरूलाई स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले पहिले नै प्रिफेक्चरल र स्थानीय सरकारमार्फत उनीहरूको रिपोर्ट नेगेटिभ आएमा काम जारी राख्न सक्षम हुने सूचित गरिसकेको छ । तर पछिल्लो निर्णयहरूले महामारीको छैठौं लहरको अनुभव गरिरहेको देशमा संक्रमणको संख्यामा आएको वृद्धिले सार्वजनिक चिन्ता बढाउन सक्छ।
सेप्टेम्बर १ यता पहिलो पटक शुक्रबार जापानमा दैनिक कोरोनाभाइरसका नया संक्रमित २०,००० भन्दा माथि पुगेका छन । १०,००० नाघेपछि हालको स्तरमा पुग्न दुई दिन मात्रै लागेको छ ।
टोकियोमा शुक्रवार एकैदिन ४०५१ नयाँ संक्रमित फेला पारेका छन ।यो संख्या अगस्टको अन्त्यपछि पहिलो पटक ४००० माथि पुगेको हो। ओसाका प्रान्तमा २८२६ ओकिनावामा १५९६ भेटिएका छन । ओकिनावामा गत आइतबारदेखि अर्ध-आपतकालिन अवस्था रहेको छ ।
ओसाकाका गभर्नर हिरोफुमी योशिमुराले कोभिड-१९ का बिरामीहरूका लागि अस्पतालको शैयाको ओकुपेन्सी दर ३५ प्रतिशत पुग्यो भने पश्चिमी प्रान्तमा अर्ध आपतकालको अवस्था घोषणा गर्न आफूले केन्द्र सरकारलाई सुझाएको बताए । अहिले ओसाकामा यो दर २१.५ प्रतिशत रहेको छ। अर्ध-आपतकालिन उपायहरूले रेष्टुरेण्टहरूको व्यापार घण्टा कटौती गर्न र रक्सी सेवा बन्द गर्न अनुरोध गरिनुपर्ने पनि बताएका छन ।