घुम्टे युवा परिवार जापान शाखाको दोस्रो अधिवेशन जनवरी ११ तारिक हुने

-


     जनहित न्युज    
     पौष २१ गते २०७८


सामाजिक सेवा, मानवीय सेवा र खेलकुदको क्षेत्रमा जापानमा आफ़नो छुट्टै पहिचान बनाएको बागलुङ ज़िल्ला कै पुरानो संस्था घुम्टे युवा परिवार मल्म अन्तरगत जापान शाखाको दोस्रो अधिवेशन जनवरी ११ तारिकका दिन हुने भएको छ ।
बागलुङ जिल्ला गलकोट नगरपालिका ७ र ९ तत्कालिन मल्म गाविसबाट विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनको शिलशिलामा जापानमा रहेकाहरू बिचमा सामाजिक सत्भाव, आपसी एकता, खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले गठन गरिएको जापान शाखाको दोस्रो अधिवेशन जापानको टोकियोस्थित इकेबुकरोको चन्द्रसूर्य रेष्टुरेण्टमा गर्न लागिएको अध्यक्ष दिलबहादुरथापा रामुले जानकारी दिए ।
विभिन्न सरोकारवाला निकाय र सहयोगी मनहरूसँग सहकार्यको विकाश गर्दै सुन्दर समाज निर्माण गर्न आवश्यक योगदान दिन, जापानभित्र रहेका मल्मबासीहरुमा एकताको भावना विकास गराई जापानको ज्ञान, सिप र पुजीको माध्यमबाट जन्मभुमीको विभिन्न क्षेत्रकों विकासका लागि टेवा पुर्याउने,मल्मभित्र वा अन्य क्षेत्रमा भई परि आउने आपतविपत र दैविप्रकोपमा तत्काल केहि राहत स्वरूप सहयोग प्रदान गर्न सहजताको लागि जापान शाखाको गठन गरि संचालनमा ल्याइएको अध्यक्ष थापाले बताए ।
केन्द्रीय कार्यालयसँगको आवश्यक समन्वय र निर्देशनमा मल्ममा रहेका धार्मिक स्थल परिसरमा उज्यालो अभियान, नेपालको राष्ट्रिय खेल भलिबललाई प्रर्वद्धन र विकासका लागि सहभागिता, कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री वितरण, मल्म आगाँखेतमा रहेको श्री कृष्ण भैरव आखा उपचार केन्द्रको लागि आर्थिक संकलन गरि उपकरण खरिद र सहकार्य, निर्माणधिन सभाहलका लागि आर्थिक संकलन केन्द्रीय कार्यालयको योजनामा सप्ताहघाट मा निर्माणाधीन अवस्थामा रहेको सभाहलका लागि आर्थिक गरि सहयोग लगायतका कार्य शाखाले गरेको सचिव दिनेश थापाले बताए ।
उनका अनुसार जापान शाखाले मानवीय सेवाका क्षेत्रमा महत्वपूर्ण कार्य गरेको साथै जापानमा रहेका संघ संस्थासग सम्बन्ध बिस्तार तथा समन्वय, शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम, केन्द्रीय कार्यालयसगको समन्वयमा होली पुर्णिमा मेलामा सह- आयोजकको भुमिका तथा सुखदुःखमा भावना साटासाट गर्ने कार्य गर्दै छोटो समयमा जापानमा आफ़नो बेग्लै पहिचान बनाउन सफल रहेको दाबी गरे ।
अधिवेशनमा जापानमा रहेका मल्मबासी दाज़ुभाइ दिदीबहिनी संस्थाप्रति शुभचिन्तक सम्पूर्णलाई उपस्थितिको लागिपनि विशेष आग्रह गरिएको सचिव थापाले बताए । आगामी कार्यकाललाई अझै सशक्त बनाउनका लागि सक्षम टिमको अपरिहार्य रहेकोले अधिवेशनमा सहभागी भै छलफलमा सहभागी हुन समेत उनले आग्रह गरेका छन ।
अधिवेशनले नया कार्यसमिति चयन पनि गर्ने भएकोले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?