ग्राहकलाई यौन दुव्र्यवहार गरेको आरोपमा उबर ईट्सको डेलिभरी गर्ने पक्राउ

-


     जनहित न्युज    
     पौष १३ गते २०७८


पार्टटाईमको रूपमा उबर ईट्स डेलिभरीको काम गर्ने २२ वर्षीय बेसबल खेलाडीलाई एक महिला ग्राहकलाई यौन दुर्व्यवहार गरेको आरोपमा जापानको साइतामा प्रान्तको सायामाबाट प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार गुन्मा डायमण्ड पेगाससबाट खेल्ने हिरोतो यासुदाले भोकेसनल विद्यार्थीको रूपमा रहेकी महिलाले खाना अर्डर गरेकी र सो खाना पुर्याउने क्रममा साँझ ७ बजेतिर खाना दिएपछि महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राऊ गरिएको जापानी समाचार माध्यमले जनाएका छन ।
यासुदाले यसअघि पनि पटकपटक तो पिडित महिलाको अपार्टमेन्टमा खाना पुर्‍याएको प्रहरीले जनाएको छ । पिडित महिलाको ढोकामा खाना दिएको र केही कुराकानी भएपछि उनी जबरजस्ती भित्र पसेर महिलामाथि यौन दुर्व्यवहार गरेको बताईएको छ।
उनको भनाई प्रहरीले उदृत गर्दै भन्यो यासुदाले भने आरोप अस्वीकार गर्दै भनेको छन “मैले उनीसँग यौन सम्बन्ध राखेको थिएँ तर जबरजस्ती भने गरेको थिएन।”
घटनाको बारेमा प्रतिक्रिया दिदै गुन्मा डायमंड पेगाससले सार्वजनिक रूपमा आफूहरू यस बारेमा केहि नबोल्ने दावी गर्दै यो समयमा कोही पनि जिम्मेवार नरहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?