रामेछापमा बस तामाकोशी नदीमा खस्दा ६ जनाको मृत्यु, ७ जनाको उद्धार

-


     जनहित न्युज    
     माघ २८ गते २०८२


काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस रामेछापको तामाकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान मन्थली नगरपालिका-६ स्थित मच्चानेटार क्षेत्रबाट बस नदीमा खसेको हो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी सहायक निरीक्षक सुभाशचन्द्र मण्डलका अनुसार दुर्घटनामा हालसम्म ६ जनाको शव फेला परेको छ। दुर्घटना लगत्तै प्रहरी र स्थानीय बासिन्दाले घटनास्थलमा उद्धार कार्य सुरु गरेका थिए।जिल्लाको मच्चानेटार भन्ने स्थानबाट प्रदेश ३-०१-००५ख ९९७५ नम्बरको बस अनियन्त्रित भई तामाकोशी नदीमा खसेको थियो ।

प्रहरीले अहिलेसम्म सात जना यात्रुको सकुशल उद्धार गरेको छ। घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ। बसमा थप यात्रुहरू हुन सक्ने आशंकामा नदीमा विस्तृत उद्धार कार्य जारी राखिएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।

बसमा कुल कति यात्रु सवार थिए भन्ने यकिन विवरण अझै आउन सकेको छैन। नदीमा बस खसेकाले हताहतीको संख्या बढ्न सक्ने आशंका गरिएको छ। प्रहरीले घटनास्थलमा पुगेर थप उद्धार कार्य जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?