नेपाली जनप्रगतिशील मञ्च जापान, ओकीनावा क्षेत्रीय कमिटीको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ चयन

-


     जनहित न्युज    
     मंसिर २६ गते २०८०


नेपाली जनप्रगतिशील मञ्च जापान, ओकीनावा क्षेत्रीय कमिटीको अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ सर्बसम्मत चयन भएका छन् ।
आइतबार सम्पन्न समितिको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा बिश्वनाथ यादब र सागर पौडेल उपाध्यक्षमा, प्रबीन श्रेष्ठ सचिवमा, अनिल पौडेल सह सचिवमा, देवराज कंडेल कोषाध्यक्षमा, र ईश्वरी बि.क सह कोषाध्यक्षमा चयन भएको निवर्तमान क्षेत्रीय अध्यक्ष अनिशप्रसाद पौडेलले जानकारी दिए ।
मञ्च जापानका सल्लाहकार समितिका सदस्य तथा मञ्च निबर्तमान सचिव शालिकराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट सदस्यमा राज कुमार बुढा,सिमाना बुढा, अनिल कार्की, समीक्षा वली, प्रकाश क्षेत्री र राज कुमार बस्नेत चयन भएका हुन्।

क्षेत्रीय समिति ओकीनावाका अध्यक्ष गोबिन्दप्रसाद पौडेलको सभापतित्व र ज्ञान कुमार श्रेष्ठको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
अधिवेशन समारोहमा नेपाली जनप्रगतिशील मञ्चका उपमाहासचिव तथा ओकिनावा ईन्चार्ज दावा लामा, मञ्चका केन्द्रीय सदस्य तथा एनआरएनए ओकीनावाका उपसंयोजक मंगल सुनुवार एनआरएनए ओकीनावाका निबर्तमान संयोजक प्रितम गर्रबुजा, तामांग समाज ओकीनावा तथा एनआरएनए ओकीनावाका सह-कोषाध्यक्ष सामसा तामाङ समाजसेवी सागर पौडेल र भोला ढुंगाना लगायतका मन्तब्य राखेका थिए।
कार्यक्रममा बोल्ने वक्ताले नेपाली जनप्रगतिशील मञ्च जापानको संगठन निर्माणमा ओकिनावाले महत्वपूर्ण भूमिका खेलेको धारणा ब्यक्त गर्नु भयो। मञ्चको क्षेत्रीय समिति ओकिनावाले नेपालीहरूको दुःख सुखको सारथी बन्दै सबैसँग सहकार्य गरेर अगाड़ी बढ्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?