
एनआरएन जापानले आफ्ना क्षेत्रीय समितिहरूको अधिवेशनहरू तोकिएसंगै एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको नवौ अधिवेशन तय भएको छ ।
आगामी दुई वर्षे कार्यकालको लागि क्षेत्रीय समिति नागोयाको नवौ अधिवेशन यहि जुन महिनाको १८ तारिक आइतबारका दिन हुन लागेको क्षेत्रीय संयोजक मनोजबम मल्लले जानकारी दिए ।

“अधिवेशनलाई व्यवस्थित र मर्यादित बनाउनका लागि निर्वाचन समिति गठन व्यवस्थापकीय कार्यका लागि विभिन्न उप समितिहरू गठन भै तयारी थालिसकेका छौ “ संयोजक मल्लले भने- यस पटकको अधिवेशन उदाहरणीय र भव्य बनाउन आवश्यक तयारी थालेका छौ ।
एनआरएनएको अभियानमा लागेका र यहिमार्फत सामाजिक सेवामा लाग्नका लागि यस क्षेत्रमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई उक्त अधिवेशनमा उपस्थिति भै सक्षम र कर्मयोग्य नेतृत्व चयनमा सहभागिताको लागि समेत मल्लले आग्रह गरे ।



