
टोकियो सन् २०२३ मा विश्वको दोस्रो धनी सहर बनेको छ ।
इन्भेष्टमेन्ट माइग्रेसन कन्सल्टेन्सी हेन्ले एन्ड पार्टनर्सले गरेको अध्ययनमा टोकियो न्यूयोर्क सहरलाई पछि पार्दै विश्वको दोस्रो धनी सहर घोषित भएको हो ।
विश्वका ९७ सहरका १ लाख ५० हजार भन्दा बढी उच्च सम्पत्ति भएका व्यक्तिहरूको खर्च गर्ने बानीको ट्र्याकिङ गर्दा यो तथ्य फेला परेको हो। विशेष गरी सीईओ, निर्देशक, संस्थापक वा अध्यक्ष जस्ता पदहरू धारण गर्ने उच्च कमाउने व्यक्तिहरूमा केन्द्रित रहेर गरिएको अध्ययनले टोकियो विश्वकै दोस्रो धनी शहरको रूपमा देखिएको हो ।
टोकियोपछि सान फ्रान्सिस्को खाडी क्षेत्र नम्बर ३ र लन्डन ४ नम्बर परेका छन। टोकियो एशियाको सबैभन्दा उच्च श्रेणीको शहर भएको छ । भने सिंगापुर ५ औँ, हङकङ ७ औँ, बेइजिङ ८ औ र सांघाई ९ औ मा रहेका छन् ।
अध्ययनले टोकियोमा १४ अर्बपति, २५० सेन्टी-मिलियनेयर (अमेरिकी डलर १०० मिलियन वा सोभन्दा बढीको सम्पत्ति) र २ लाख ९० हजार ३०० करोडपति रहेको पत्ता लगाएको छ। विश्वमा सबैभन्दा बढी करोडपति र अर्बपति भएको सहरको अध्ययनमा टोकियोभन्दा न्यूयोर्क मात्र अगाडि छ ।



