
जापानबाट नेपाल लगायत बिश्वका बिभिन्न देशहरूमा रेमिट सेवा दिदै आईरहेको फोरेक्स रेमिटले आफ्नो सेवा ग्राहीहरूलाई लक्षित् गर्दै प्रत्येक महिना फरक फरक उपहार योजना सार्वजानिक गर्दै आईरहेको छ । उक्त कम्पनीको बजार व्यवस्थापन बिभागले अप्रिल महिनालाई लक्षित गरी आकर्षक साईकल सार्वजानिक गरेको छ ।
बिभिन्न क्याम्पन चलाउदै आईरहेको उक्त कम्पनीले “Forex संग तपाई , तपाई संग Cycle” भन्ने नारा सहित साईकल उपहार योजना सार्वजनिक गरेको हो ।कम्पनीले जापानमा रहेका आफ्ना बिभिन्न बैंक एकाउन्ट तथा JP Card मार्फत पैसा डिपोजिट गरी नेपाल पठाउने ग्रहाकहरुमध्ये १ जनालाई लक्की ड्र मार्फत आकर्षक साईकल उपहार दिने फोरेक्स रेमिटको मार्केटिंग विभागले जनाएको छ ।

समाजका हरेक सामाजिक कामहरूमा सक्रिय योगदान गर्दै आईरहेको उक्त कम्पनीले आफ़नो कम्पनीको नाममा रहेको फेसबुक पेज,फेसबुक, भाईवर, टिकटक लगायतका संजालमा जोडिएर पनी रेमिट सेवा लिन सकिने छ । जापानबाट ५० भन्दा बढी देशहरूमा सेवा दिदै आएको फोरेक्सले नेपाल भने नेपालकै सर्वाधिक संजाल भएको ipay Remit मार्फत भुक्तानी गर्दै आईरहेको छ ।
फोरेक्स रेमिटले जापानबाट नेपालमा पैसा पठाउदा साझेदार कम्पनी ipay मार्फत बैंकहरुमा तुरुन्तै जम्मा हुने र देशभर रहेका तीस हजार माथि भुक्तानी काउण्टरबाट तुरुन्तै निकाल्न सकिने जनाएको छ ।



