जापानी हाइस्कूलकी छात्रामाथि अश्लील कार्य गरेको आरोपमा एक नेपाली पक्राउ

-


     जनहित न्युज    
     चैत्र १७ गते २०७९


टोकियोको सिनागावा वार्डको सडकमा हाईस्कुलकी छात्रालाई बोलाएर अश्लील कार्य गरेको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।

महानगरीय प्रहरी विभागका अनुसार नेपाली नागरिक अमृत सापकोटाले गत महिना सिनागावा वडाको सडकमा हाईस्कुलकी छात्राको स्तन छुने जस्ता अश्लील कार्य गरेको आशंका गरिएको छ ।

साथीको घरमा मदिरा पिएपछि सापकोटाले घर जाने क्रममा हाईस्कूलकी छात्रालाई बोलाएर नजिकैको पार्किङमा लगेर अश्लील कार्य गरेका थिए ।

अनुसन्धानको क्रममा जवाफ दिँदै सापकोटाले आरोपको आंशिक खण्डन गर्दै भने, ‘मैले छोएको हो भन्नेमा कुनै शंका छैन, तर सहमतिमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?