
बिरालो पाल्ने मानिसहरूका लागि एक नयाँ याप सार्वजनिक भएको छ । म्याउटक नामक उक्त यापले बिरालोले निकालेको आवाजलाई मानवीय भाषामा अनुवाद गरिदिन सक्ने बताइएको छ । बिरालोले के भन्न खोजेको हो यस यापमार्फत मालिकले थाहा पाउँछन् ।
जापानमा यो याप सार्वजनिक भएपछि भाइरल बनेको छ । यसको एक करोड ७० लाख डाउनलोड भइसकेको छ । अनि २५ करोड म्याउहरू यापमा रेकर्ड गरिसकिएको छ ।
अझ एलेक्सा याप जस्तो यस यापले बिरालोको आवाज स्वतः रेकर्ड गरी मालिकहरूलाई अनुवाद पनि पठाउन सक्छ ।
बिरालोको आवाज पहिचान गरी त्यसलाई १३ वटा आवाज समूहमा यापले जोड्छ । अनि मानवीय भाषामा त्यसको अर्थ पनि यापले दिलाउँछ ।
बिरालोले निकाल्ने आवाजलाई मानवीय भाषामा ‘मलाई खुवाऊ’, ‘म रिसाएको छु’, ‘मलाई एक्लै छोडिदेऊ’ लगायतका शब्दमा अनुवाद गर्ने काम यापले गर्छ ।
यापको रिभ्युमा प्रशंसाहरू आएका छन् ।



