
इशिकावा प्रान्तको कानाजावामा प्रहरीले गत वर्ष डेलिभरी बाइकबाट पिज्जा चोरेको आरोपमा एक ३० वर्षीय पुरुषलाई पक्राउ गरेको छ ।
कपाल स्टाइलिस्टको रूपमा काम गर्ने ती व्यक्तिले आफ्नो पैसा बचत गर्नको लागि पिज्जा चोरेको आरोप स्वीकार गरेको प्रहरीलाई उद्रित गर्दै जापानी संचार माध्यमले जनाएका छन ।
स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त व्यक्तिलाई गत जुलाईमा अपार्टमेन्टको पार्किङस्थलमा डेलिभरी बाइकबाट दुईवटा पिज्जा भएको इन्सुलेटेड क्यारियर झोला चोरेको आरोप लगाइएको छ।चोरी गरिएका पिज्जा दुवै ठूला साइजका थिए, जसमा टमाटर र चिकेन ग्रिल गरिएको थियो । जसको मूल्य करिब ७००० येन थियो।
पार्किङ लट नजिकै लिएको निगरानी क्यामेराको फुटेजको विश्लेषण पछि पहिचान गरिएको संदिग्ध व्यक्तिले पुलिसलाई भने – उनले अपार्टमेन्ट भवनमा कसैलाई पिज्जा पुर्याउने क्रममा बाइक कोहि नदेखेपछि पिज्जा खान चाहन्थे तर पैसा बचाउन पनि चाहन्थे।



