
जापानको बेरोजगारी दर जनवरीमा झण्डै तीन वर्ष यता कै न्यून बिन्दुमा पुगेको छ ।
कोरोना महामारी पछि अर्थतन्त्रले आफ्नो पुनरुत्थानको अवस्थामा पुग्ने आकलन गरिरहेका अर्थविद्हरूलाई यसले झस्काइदिएको छ । मौसमी रूपमा समायोजित दर एक बिन्दुको दशांश घटेर २.४ प्रतिशतमा पुगेको छ।
जापानी सञ्चारमाध्यम एनएचकेका अनुसार आन्तरिक मामिला मन्त्रालयले शुक्रबार जारी गरेको प्रतिवेदनमा जनवरीमा झण्डै ६६.८९ लाख मानिसले रोजगारी पाएको जनाएको छ ।यो गत वर्षको सोही महिनाको तुलनामा ४ लाख ३० हज़ार ००० बढी हो ।र यो लगातार छैठौं महिना पनि वृद्धिको अवस्था हो ।
कामबाट अस्थायी रूपमा अनुपस्थित व्यक्तिहरूको संख्या अझै पनि पूर्व-महामारी स्तर भन्दा माथि लगभग २.१९ मिलियन रहेको थियो ।
श्रम मन्त्रालयका अनुसार रोजगारी बजार थप प्रतिस्पर्धात्मक बन्दै गएको छ । जसमा प्रत्येक १०० आवेदकका लागि १ सय ३५ जनाले रोजगारीको अवसर खोजी रहेका छन्।
रोजगारीका प्रस्तावको संख्या स्थिर रहेको मन्त्रालयले जनाएको छ तर मानिसहरूले राम्रो काम गर्ने अवस्था खोजिरहेकाले बजार व्यस्त छ।



