नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित

-


     जनहित न्युज    
     कार्तिक २१ गते २०७९


नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा शान्त पहरी निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट पहरी अध्यक्षमा निर्वाचित भएका हुन् ।
पहरीले अध्यक्ष पदका उम्मेदवार दिपक गौतम कविकिरण न्यौपाने, पूर्णबहादुर चलाउनेलाई पराजित गराएका हुन् । अध्यक्षका प्रत्यासी चलाउने, न्यौपाने र गौतमले क्रमश ः ६, ११, १४ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । उनले गोकर्ण अधिकारी र विनोदकुमार सापकोटालाई पराजित गरेका हुन् । उपाध्यक्षमा विजेता श्रेष्ठले १८ मत पाउँदा उपविजेता अधिकारीले १७ मत प्राप्त गरेका थिए भने सापकोटाले ११ मत पाएका थिए । महिला उपाध्यक्षमा ईन्दिरा खनाल चयन भएकी छन् । अधिवेशनमा अध्यक्ष र खुल्ला उपाध्यक्ष पदमा निर्वाचन भएको हो ।
सचिवमा राजन गौतम निर्विरोध चयन भएका छन् । त्यस्तै खुल्ला सहसचिवमा विश्वास आचार्य, समावेशी सहसचिवमा सजिना मोक्तान चयन भएकी छन् भने कोषाध्यक्षमा अर्जुन लामिछाने चयन भएका छन् ।

सदस्यहरुमा लक्ष्मि पौडेल, कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णुप्रसाद सापकोटा, दुबल सिंह गुरुङ्, फुर्वा शेर्पा चयन भएका छन् ।
त्यस्तै केन्द्रीय परिषद् सदस्यमा मनिषा चम्लागाईँ र राजविन थापा चयन भएका छन् ।
अधिवेशनको उद्घाटन पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले गरेका थिए । खुल्ला सत्रको प्रमुख आतिथ्यता जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?