१६५ सिटमा कुन दलबाट को उम्मेदवार? सूचीमा हेर्नुहोस्

-


     जनहित न्युज    
     असाेज २३ गते २०७९


आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुले धमाधम उम्मेदवार तय गरिरहेका छन्। असोज २३ गते (आइतबार) देशैभरिका निर्वाचन कार्यालयहरुमा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका भएका कारण दलहरु आजै रातभरिमा उम्मेदवारको टुंगो लगाउनैपर्ने दबावमा छन्।

अन्तिम घडीमा आएर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सत्तारुढ गठबन्धनबाट आकस्मिक रुपमा बाहिरिएर एमालेसँग मोर्चा कसेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौता गर्दै जसपाले मधेसमा १६ र सुनसरीमा एउटा गरी प्रतिनिधिसभाका १७ सिटमा एमालेसँग तालमेल गरेको छ।

यसवापत जसपाले ३५ सिटमा एमालेलाई सघाउनुपर्ने भएको छ। प्रदेशतर्फ पनि मूूलतः मधेसमा एमाले र जसपावीच तालमेल भएको छ। तालमेल नभएका सिटमा भने एमाले र जसपाले आ–आफ्ना उम्मेदवार उठाउने र प्रतिस्पर्धा गर्नेछन्।

एमालेले राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग प्रतिनिधिसभाका तीनवटा सिटमा तालमेल गरेको छ। झापामा राजेन्द्र लिङदेन, रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवल शमशेर जबरालाई एमालेले सघाउने छ भने झापा ५ मा केपी ओलीलाई राप्रपाले सघाउने छ। बाँकी सिटमा राप्रपा–एमालेले आ–आफ्नै उम्मेद्वार उठाउने र प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी नेपाली कांग्रेसको नेतृत्वमा कसिएको अर्को ध्रुवको गठबन्धनमा माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन् भने उपेन्द्र यादव बाहिरिना साथ महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) कांग्रेस–माओवादीको मोर्चामा सामेल हुन आइपुगेको छ।

जसपाले छाडेर गएपछि मधेसका ८ वटा सिट लोसपालाई दिने प्रयास शनिबार कांग्रेस–माओवादी नेताहरुले गरे पनि सत्तारुढ गठन्धनको भागवण्डा साँझसम्म मिलिसकेको खबर बाहिरिएको छैन। तथापि आजै सबै सिटमा तालमेल जुटाइसक्ने दबावमा दलहरु छन्।

सत्ता गठबन्धनले शुक्रबार साँझ नै पार्टीले पाउने सिटहरुको टुंगो लगाएता पनि आन्तरिक रुपमा कसलाई उउम्मदेवारी दिने टुंगो लगाउन सकेनन्। कांग्रेसले रातभरि बैठक गर्दा पनि १० सिटमा मात्र आफ्नो दलका उम्मेदवारहरुको टुंगो लगायो। शनिबार दिनभर कांग्रेस र माओवादीका नेताहरु आन्तरिक बैठक गरेर आफूले पाएका सिटमा उम्मेदवार टुंगो लगाउने कसरतमा जुटेका छन्।

हालसम्म तय भएका प्रतिनिधिसभाको  सिट बाँडफाँट र टुंगो लागेका उम्मेदवारको सूची यस्तो छ– 

( नोट:कोष्ठभित्र लेखिएको दलको नामले गठबन्धन उम्मेदवारलाई संकेत गर्दछ। खाली रहेका उम्मेदवारको नाम टुंगिएसँगै निरन्तर अपडेट गरिनेछ – सं) नेपालखबरको सहयोगमा

निर्वाचन क्षेत्र सत्ता गठबन्धन उम्मेदवार एमाले गठबन्धनअन्य
ताप्लेजुङ खेलप्रसाद बूढाथोकी(माओवादी)योगेश भट्टराई 
पाँचथर  भीष्मराज आङदेम्बे(कांग्रेस)बसन्त नेम्बाङ 
इलाम १झलनाथ खनाल (ए.समाजवादी)महेश बस्नेत 
इलाम २ (कांग्रेस)सुवास नेम्वाङ 
झापा १विश्वप्रकाश शर्मा (कांग्रेस)अग्नि खरेल 
झापा २ धर्मशिला चापागाई(माओवादी)देवराज घिमिरेस्वागत नेपाल, स्वतन्त्र
झापा ३कृष्ण सिटौला (कांग्रेस)राजेन्द्र लिङदेन (राप्रपा) 
झापा ४देउकुमार थेबे  (कांग्रेस)एलपी साँवायुक्त भेटवाल,स्वतन्त्र
झापा ५ (कांग्रेस)केपी शर्माओलीयुग पाठक, स्वतन्त्र
संखुवासभा दीपक खड्का(कांग्रेस)राजेन्द्र गौतम 
तेह्रथुम सीता गुरुङ(कांग्रेस)विजय सुब्बा 
भाेजपुरसुदन किराती (माओवादी)शेरधन राई 
धनकुटा सुनीलबहादुर थापा(कांग्रेस)राजेन्द्र राईरकम चेम्जोङ, जसपा
मोरङ १डिगबहादुर लिम्बु (कांग्रेस)घनश्याम खतिवडा(एमाले) 
मोरङ २ (कांग्रेस)ऋषि पोखरेल(एमाले) 
मोरङ ३सुनील शर्मा (कांग्रेस)भानुभक्त ढकाल(एमाले)रेखा थापा, राप्रपा
मोरङ ४ अमनलाल मोदी (माओवादी)विनोद ढकाल(एमाले) 
मोरङ ५शिवकुमार मण्डल(माओवादी) राजकुमार यादव(जसपा) 
मोरङ ६ डा. शेखर कोइराला (कांग्रेस)लालबाबु पण्डित(एमाले) 
सुनसरी १मुक्साहाङ मेन्याङ्बो (माओवादी) अशोक राई (जसपा) 
सुनसरी २ (कांग्रेस)भीम आचार्य(एमाले) 
सुनसरी ३ विजय गच्छदार(कांग्रेस)भगवती चौधरी(एमाले) 
सुनसरी ४ ज्ञानेन्द्रबहादुर कार्की(कांग्रेस)जगदीश कुसियत(एमाले) 
सोलुखुम्बु बलबहादुर केसी(कांग्रेस)मानवीर राई 
खोटाङ रामकुमार राई(माओवादी)विशाल भट्टराई 
ओखलढुंगा रामहरि खतिवडा(कांग्रेस)यज्ञराज सुनुवार 
उदयपुर १ डा. नारायण खड्का(कांग्रेस)  
उदयपुर २(ए.समाजवादी)  
सप्तरी १ (जसपा) 
सप्तरी २ (जसपा) 
सप्तरी ३ दिनेशकुमार यादव(कांग्रेस)(एमाले) 
सप्तरी ४तेजुलाल चौधरी (कांग्रेस)(जसपा) 
सिराहा १ चित्रलेखा यादव(कांग्रेस)(एमाले) 
सिराहा २ (कांग्रेस) राजकिशोर यादव(जसपा) 
सिराहा ३ विश्वनाथ साह(माओवादी)(एमाले) 
सिराहा ४ डा. वीरेन्द्र महतो(जसपा) 
दोलखा(माओवादी)  
रामेछाप (कांग्रेस)  
सिन्धुली १ (कांग्रेस)प्रदीप कटवाल 
सिन्धुली २ हरिबोल गजुरेल(माओवादी)मनोजजंग थापा 
धनुषा १ मात्रिका यादव(माओवादी)दीपक कार्की  (जसपा) 
धनुषा २   
धनुषा ३ (एमाले) 
धनुषा ४  महेन्द्र यादव(कांग्रेस)(एमाले) 
महोत्तरी  १ गिरिराजमणि पोखरेल(माओवादी)(एमाले) 
महोत्तरी २ (कांग्रेस)  
महोत्तरी ३  हरिनारायण यादव(जसपा) 
महोत्तरी ४  डा. सुरेन्द्र यादव(जसपा) 
सर्लाही १  प्रमोद साह(जसपा) 
सर्लाही २ महिन्द्र राय यादव(माओवादी)(एमाले) 
सर्लाही ३ नरेन्द्र साह(माओवादी)(एमाले) 
सर्लाही ४ (कांग्रेस) राकेश मिश्रा(जसपा) 
रसुवा मोहन आचार्य(कांग्रेस)  
 धादिङ १(ए.समाजवादी)भूमि त्रिपाठी 
 धादिङ २ दिलमान पाख्रिन(कांग्रेस)खेम लोहनी 
नुवाकोट १(माओवादी)बद्री मैनाली 
नुवाकोट २ (कांग्रेस)नारायण खतिवडा 
काठमाडौं १ प्रकाशमान सिंह (कांग्रेस)किरण पौडेलरवीन्द्र मिश्र,राप्रपा
पुकार बम,स्वतन्त्र
रमेश खरेल,सुशासन पार्टी
काठमाडौं २(माओवादी)मणिराम फुयालनवराज सिंखडा, राप्रपा
काठमाडौं ३ (कांग्रेस)कृष्ण राईगणेश गिरी, राप्रपा
काठमाडौं ४ गगन थापा(कांग्रेस)राजन भट्टराई डा. ठाकुरमोहन श्रेष्ठ,राप्रपा
काठमाडौं ५ (कांग्रेस) ईश्वर पोखरेलडा.रामप्रसाद उप्रेती,राप्रपा
काठमाडौं ६ भीमसेनदास प्रधान (कांग्रेस)सर्वेन्द्र खनालविष्णुप्रसाद आचार्य राप्रपा
काठमाडौं ७ मानुषी यमी भट्टराई (माओवादी)(जसपा)ध्रुब विक्रम मल्ल, राप्रपा
काठमाडौं ८(ए.समाजवादी)अष्टलक्ष्मी शाक्यप्रकाश रिमाल,राप्रपा
काठमाडौं ९(माओवादी)कृष्णगोपाल श्रेष्ठदेवेन्द्र प्रधान,राप्रपा
काठमाडौं १० राजेन्द्र केसी(कांग्रेस)रामब. थापा बादलबलराम थापा,राप्रपा
भक्तपुर १(माओवादी)नवराज गेलाल 
भक्तपुर २ दुर्लभ थापा(कांग्रेस)महेश बस्नेत 
ललितपुर १ उदयशमशेर राणा(कांग्रेस)नवराज सिलवाल 
ललितपुर २(ए.समाजवादी)प्रेम महर्जन 
ललितपुर ३ पम्फा भुसाल(माओवादी)अमृत खड्का 
काभ्रेपलाञ्चोक १(माओवादी)रेशम लामा 
काभ्रेपलाञ्चोक २ तीर्थबहादुर लामा(कांग्रेस)गोकुल बास्कोटा 
 सिन्धुपाल्चोक १(माओवादी)सरेश नेपाल 
 सिन्धुपाल्चोक २ (कांग्रेस)शेरबहादुर तामाङ 
मकवानपुर १ महालक्ष्मी डीना उपाध्याय(कांग्रेस)कमल थापा (राप्रपा नेपाल) 
मकवानपुर २(ए.समाजवादी)महेश बर्तौला 
रौतहट १माधवकुमार नेपाल(ए.समाजवादी)  
रौतहट २ (कांग्रेस)(जसपा) 
रौतहट ३(माओवादी)(एमाले) 
रौतहट ४ (कांग्रेस)(एमाले) 
बारा १ उमाकान्त चौधरी(कांग्रेस)(एमाले) 
बारा २  रामसहाय प्रसाद यादव(जसपा) 
बारा ३  रामबाबुकुमार यादव,जसपा 
बारा ४(ए.समाजवादी)(एमाले) 
पर्सा १ प्रदीप यादव (जसपा) 
पर्सा २ (कांग्रेस) सुरेन्द्र कुर्मी(जसपा) 
पर्सा ३सुरेन्द्रप्रसाद चौधरी(कांग्रेस)(एमाले) 
पर्सा ४ रमेश रिजाल(कांग्रेस)(एमाले) 
चितवन १ (कांग्रेस)  
चितवन २उमेश श्रेष्ठ (कांग्रेस)  
चितवन ३ डा. भोजराज अधिकारी(माओवादी)  
गोरखा १ (कांग्रेस)रामशरण बस्नेत 
गोरखा २ प्रचण्ड (माओवादी)अब्दुस मियाँडा. माधवी भट्ट, बागी कांग्रेस
मनाङ टेकप्रसाद गुरुङ (कांग्रेस)  
लमजुङ देव गुरुङ (माओवादी)  
कास्की १ (कांग्रेस)मनबहादुर गुरुङ 
कास्की २(ए.समाजवादी)विद्या भट्टराई 
कास्की ३(माओवादी)दामोदर वैरागी 
तनहुँ १ रामचन्द्र पौडेल(कांग्रेस)एकबहादुर राना 
तनहुँ २ प्रदीप पौडेल(कांग्रेस)किरण गुरुङ 
स्याङजा १ राजु थापा(कांग्रेस)  
स्याङ्जा २ धनराज गुरुङ(कांग्रेस)  
गुल्मी १ डा. चन्द्र भण्डारी (कांग्रेस)प्रदीप ज्ञवाली  
गुल्मी २रामकुमारी झाँक्री(ए.समाजवादी)गोकर्ण बिष्ट 
पाल्पा १ (कांग्रेस)नारायणप्रसाद आचार्य 
पाल्पा २ सोमप्रसाद पाण्डे (ए.समाजवादी)ठाकुर गैरे 
अर्घाखाँची पुष्पा भुसाल(कांग्रेस)टोपबहादुर रायमाझी 
नवलपरासी(पूर्व) १ शशांक कोइराला(कांग्रेस)कृष्ण पौडेल 
नवलपरासी(पूर्व) २ देवेन्द्र कँडेल(कांग्रेस)तिलक महत 
रुपन्देही १(माओवादी)छविलाल विश्वकर्मा(एमाले) 
रुपन्देही २राजु गुरुङ (ए.समाजवादी)विष्णु पौडेल(एमाले) 
रुपन्देही ३  बालकृष्ण खाण (कांग्रेस)दीपक बोहोरा (राप्रपा) 
रुपन्देही ४ प्रमोद यादव (कांग्रेस)  
रुपन्देही ५भरतकुमार शाह (कांग्रेस)वासुदेव घिमिरे 
कपिलवस्तु १ चक्रपाणि खनाल (माओवादी)बलराम अधिकारी(एमाले) 
कपिलवस्तु २ सुरेन्द्र आचार्य(कांग्रेस)बृजेशकुमार गुप्ता(एमाले) 
कपिलवस्तु ३ अभिषेकप्रताप साह (कांग्रेस)गंगलप्रसाद गुप्ता(एमाले) 
मुस्ताङ (कांग्रेस)  
म्याग्दी(माओवादी)  
बाग्लुङ १(जनमोर्चा)सूर्य पाठक 
बाग्लुङ २ देवेन्द्र पौडेल (माओवादी)  
पर्वत अर्जुन जोशी(कांग्रेस)  
 रुकुम पूर्वगणेशमान पुन (माओवादी)  
रोल्पावर्षमान पुन (माओवादी)पूर्णबहादुर बुढामगर 
प्यूठानदुर्गा पौडेल (जनमोर्चा) सूर्य थापा 
 सल्यान प्रकाश ज्वाला (ए.समाजवादी)  
दाङ १मेटमणि चौधरी (ए.समाजवादी) शान्ता चौधरी 
दाङ २रेखा शर्मा (माओवादी)शंकर पोखरेल 
दाङ ३ दीपक गिरी(कांग्रेस)कोमल वली 
डोल्पा  धनबहादुर बुढा (ए.समाजवादी)गणेश शाही 
मुगु  ऐनबहादुर शाही (कांग्रेस)राजु कार्की 
जुम्ला गोमा कुँवर (माओवादी)रतननाथ योगीज्ञानेन्द्र शाही, राप्रपा
कालिकोट महेन्द्रबहादुर शाही(माओवादी)नागेन्द्र शाही 
हुम्ला छिरिङ डम्डोल लामा(माओवादी)दल रावल 
जाजरकोट शक्तिबहादुर बस्नेत(माओवादी)निरज आचार्य 
दैलेख १अम्मरबहादुर थापा(ए.समाजवादी)रविन्द्रराज शर्मा 
दैलेख २ (कांग्रेस)लक्ष्मी पोखरेल 
सुर्खेत १ पूर्णबहादुर खड्का(कांग्रेस)ध्रुवकुमार शाही 
सुर्खेत २ हृदयराम थानी(कांग्रेस)अमृतकुमार बीसी 
बाँके १(माओवादी)सूर्यप्रसाद ढकाल 
बाँके २  मो. ईस्तियाक राई जसपा
बाँके ३ किशोरसिंह राठौर(कांग्रेस)किस्मतकुमार कक्षपति 
बर्दिया १ सञ्जय गौतम(कांग्रेस)लक्ष्मणराज ज्ञवाली 
बर्दिया २(माओवादी)पंकजसिंह रौठोर 
बर्दिया ३   
बाजुरा बद्रीप्रसाद पाण्डे(कांग्रेस)कर्ण थापा 
अछाम १शेरबहादुर कुँवर(ए.समाजवादी)झपड बोहोरा 
अछाम २ पुष्पबहादुर शाह(कांग्रेस)यज्ञ बोगटी 
बझाङ्ग भानुभक्त जोशी (ए.समाजवादी)ऐन महर 
डोटी प्रेमबहादुर आले (ए.समाजवादी)गौरी ओली 
कैलाली १ रामजनम चौधरी(कांग्रेस)टपेन्द्र रावल(एमाले) 
कैलाली २ झपड रावल(एमाले) 
कैलाली ३ गौरीशंकर चौधरी(एमाले) 
कैलाली ४वीरबहादुर बलायर (कांग्रेस)लेखराज भट्ट(एमाले) 
कैलाली ५ डिल्लीराज पन्त(कांग्रेस)नारदमुनि राना(एमाले) 
दार्चुला  दिलेन्द्र प्रसाद बडु(कांग्रेस)गणेश ठगुन्ना 
बैतडीनरेन्द्र कुँवर(माओवादी)दामोदर भण्डारी 
डडेलधुराशेरबहादुर देउवा (कांग्रेस) खालीकर्ण मल्ल, वीपी कांग्रेस
कञ्चनपुर १विना मगर(माओवादी)तारा लामा 
कञ्चनपुर २ एनपी सावद(कांग्रेस)नरबहादुर धामी 
कञ्चनपुर ३रमेश लेखक (कांग्रेस)निरु पाल 
रुकुम पश्चिम जनार्दन शर्मा(माओवादी)नन्दलाल शर्मा 
नवलपरासी पश्चिम १ (कांग्रेस)(एमाले) 
नवलपरासी पश्चिम २(कांग्रेस)दीपेन्द्र अधिकारी(एमाले) 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?