नेपाली जनप्रगतिशील मन्च साईप्रसको अध्यक्षमा गौतम निर्वाचित

-


     जनहित न्युज    
     असाेज १७ गते २०७९


कोपनहेगन, १ अक्टुवर ।

नेपाली जनप्रगतिशील मन्च (एनपिपिएफ) साईप्रसको प्रथम अधिवेशनले नवराज गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

नेकपा (माओवादी केन्द्र) सम्बद्ध मन्चको शनिवार भएको भर्चुअल अधिवेशनले उपाध्यक्षद्वयमा नबिन चौलागाई र बिनोद केसी. महिला उपाध्यक्षमा मीरा लिम्बू, महासचिवमा रमिता थापा, सचिवमा प्रकाश विश्वकर्मा र कोषाध्यक्षमा लक्ष्मी तामाङलाई चयन गरेको हो ।

कार्यसमिति सदस्यहरुमा दिनेश गौतम, रानु लिम्बु, अभिनास भूषाल, अमर नेपाली, सूरज कोइराला, मन्त्री हमाल, केशरी लामा, सुवास ढकाल, अनुप पराजुली, शरण लिम्बू, चक्र तिरुवा, बिजय चाैलागाई, बाबुराम घिसिङ्र सजित राई छन् ।

नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा प्रवास बिभाग सह- इन्चार्ज लक्षम्ण पन्तको प्रमुख आतिथ्यतामा अधिवेशन भएको हो । पन्तले परिवर्तनको सम्बाहक शक्ति माओवादी भएको भन्दै अबको चुनावमा विकास र शुसासनको लागि माओवादीलाई विजयी गराउनु विकल्प नभएको बताए ।

कार्यक्रमका विशिष्ट अथिति प्रवास समन्वय समितिका सचिव टीबी पाठकले नेपालमा माओवादीको पक्षमा जनलहर बढेको बताए ।

कार्यक्रममा बोल्दै नेपाली जनप्रगतिशील मन्च युरोप समितिका अध्यक्ष सुरेन्द्र भूषालले देशमा गणतन्त्र लगायतका उपलब्धी माओवादीले स्थापित गराएको भन्दै अब पहिलो शक्ति माओवादीलाई बनाउन सबै जुट्नु पर्ने आवश्यकता औंल्याए ।

अधिवेशनमा युरोप समिति युरोपका सचिव रण बहादुर क्षेत्री, संगठन बिभाग प्रमुख उदयराज गौतम, युरोप कमिटी महिला बिभाग प्रमुख शुस्मा भूसाल, नेताहरु सुरेन्द्र नेपाल श्रेष्ठ, जानुका धमाला लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्चालन युरोप कमिटी सदस्य माया लोपचन तामाङले गरेको कार्यक्रमतो सहजिकरण संगठनका संस्थापक सचिव केशब ठकुरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?